जापानमा नेपालीद्धारा संञ्चालित इन्टरनेशनल स्कूलमा शिक्षक नेपालबाट आए, अझैं गुणस्तरीय शिक्षा दिईने ।

जापान, कविकिरण न्यौपाने  । जापानमा नागोयाको  खासुगाइमा रहेको नेपाली डायस्पोरा तोकाई बाटिका इन्टरनेशनल  स्कुलका लागि नेपालबाट स्थायी शिक्षक आएपछि शिक्षाको स्तर अझैं बढ्ने विद्यालय व्यवस्थापन समीतिले बताएको छ।

 

निकै लामो समय नेपालमा रहेर नेपाली, अङ्ग्रेजी र सामाजिक जस्ता विषय शिक्षण गर्दै  लामो अनुभव बटुलेका शिक्षकको  तोकाई बाटिका इन्टरनेशनल स्कुलमा आगमनले अझैं गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने स्कूलको विश्वाश छ। शिक्षाप्रेमी शिक्षक प्रयास भट्टराई निरन्तर तवरले बुटवल, भैरहवा र चितवनका विभिन्न प्रसिद्ध स्कुलहरूमा दुई दशक लामो समय शिक्षण पेशामा क्रियाशील योग्य एवम् अनुभवी शिक्षक हुन्। उनि शिक्षण पेशाका लागि जापान आईपुगेका छन्। शिक्षक भट्टराई आएपछि विद्यालयको शैक्षिक गुणस्तरमा कायापलट हुने विद्यालय स्रोतको दाबी छ। केही दिनमा नै काठमाडौँबाट सेन्ट जेभियर स्कुल, गोदावरीमा विज्ञान, गणित र स्वास्थ्य विषय पढाउँदै आएकी शिक्षिका गङ्गा शाक्य पनि सोही तोकाई बाटिका स्कुलमा  शिक्षिकाका रूपमा जापान आउने बताइएको छ। नेपाली भाषा, रहनसहन, संस्कार, रीतिरिवाजप्रति सदैव आस्था, सम्मान एवम् माया जिजीविषा रहिरहोस् र विदेशी भूमिमा रहेता पनि नेपाली बालबालिकाहरूले प्रवासमा प्रवासी भएको आभास नगरून् भन्ने उद्देश्यले स्थापना गरिएको नेपाली डायस्पोरा तोकाई बाटिका इन्टरनेशनल स्कुलले राष्ट्रप्रेमी नागरिक तयार गर्न लागि परेको विद्यालय स्रोतले बतायो ।

प्रवासी भूमिमा रहेर पनि नेपाली भाषा, अङ्ग्रेजी भाषा, जापानी भाषासहित गणित, विज्ञान, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कम्प्युटर लगायतका विषयको शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले तोकाई बाटिका इन्टरनेशनल स्कुलको स्थापना गरिएको बताइएको छ। विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू जापान, नेपाल लगायत अन्य अङ्ग्रेजी माध्यममा अध्ययन-अध्यापन गराइने र विश्वका कुनै पनि विश्वविद्यालयहरूमा अध्ययनका लागि योग्य हुने विद्यालयका संस्थापक सदस्य एवम् निर्देशक, नागोया गाईकोकुगो युनिभर्सीटीका प्रोफेसर डाक्टर विश्वराज कँडेलको भनाइ छ। 

नेपाल युवक माध्यमिक विद्यालयमा लामो समय शिक्षण गर्दै सूचना तथा प्रविधि (Information Technology) क्षेत्रमा पच्चीस वर्षको लामो अनुभव बटुल्न सफल शिक्षक राम जोशी पनि तोकाई बाटिका इन्टरनेशनल स्कुलका शिक्षकको जिम्मेवारी बहन गर्न आउने क्रममा रहेका छन् । सबैको भिषा प्रक्रिया पूरा भइसकेको विद्यालय  व्यवस्थापन समीतिले जनाएको छ।  तोकाई बाटिका इन्टरनेशनल स्कुलमा केजीदेखि कक्षा छ सम्म सञ्चालन भइसकेको र प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्य रहेको संस्थापक सदस्य सुरज काफ्लेको दाबी छ। तोकाई बाटिका स्कुलमा अन्तर्राष्ट्रिय  स्तरका आधारभूत सम्पूर्ण सुविधाहरू अन्तर्गत स्वीमिङ्ग पुल, इन्डोर स्पोर्ट्सहल, फराकिलो खेल मैदान, बालउद्धान, पुस्तकालय, यातायातको व्यवस्था, लगायतका सुविधा रहेको काफ्ले बताउँछन्।

विद्यालयका सञ्चालक तथा शिक्षक समेत रहेका बिमल अधिकारीका अनुसार विद्यालयमा नेपाली पाठ्यक्रममा आधारित भएर नेपाली र सामाजिक अध्ययन एवम् जीवनोपयोगी शिक्षा नेपालीमा, अङ्ग्रेजी, गणित, विज्ञान र कम्प्युटर अङ्ग्रेजी माध्यममा शिक्षण गरिनुका साथै  जापानी भाषासहित अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरिएका छन्। विद्यार्थीको चाहना अनुसार अतिरिक्त क्रियाकलापहरू, खेलकूद, नृत्य ,गायन तथा विद्यार्थीको नैतिक, सामाजिक, भावनात्मक एवम् सर्वाङ्गीर्ण विकासका लागि आवश्यक सम्पूर्ण गतिविधिहरू गरिँदैआएको बताउँछन् । 

विद्यालयका प्राचार्य (प्रिन्सिपल) रूपमा UK का पॉल क्याम्मास कार्यरत छन् जसले गर्दा विद्यार्थीको अङ्ग्रेजी भाषाको गुणस्तर वृद्धिमा सहयोग हुने बताइएको छ। विद्यालयका शिक्षक-शिक्षिकाहरू ब्रिटिश नागरिक, जापानी नागरिक सहित अनुभवी नेपालीहरू रहेको विद्यालयका प्रमुख सञ्चालक एवम् नागोयाको चुबु युनिभर्सीटीमा लामो समयदेखि अध्यापन गर्दै आएका  डाक्टर सुदिप अधिकारीको भनाइ छ। विद्यालयमा नेपाली मात्र नभएर  विदेशी विद्यार्थीहरूको लागि पनि अध्ययन गर्ने सहज वातावरण उपलब्ध गराइने बताईएको छ।

उक्त तोकाई बाटिका इन्टरनेशनल स्कुलमा अहिलेसम्म करिब चार करोड जापानी येन लगानी भएको बताइएको छ। विद्यालयमा भर्ना शुल्क कक्षा छ सम्मको लागि पचास हजार जापानी येन र मासिक शुल्क उनन्चालीस हजार जापानी येन तोकिएको छ। साथै एकभन्दा बढी विद्यार्थी पढाउने अभिभावकहरू, मेधावी विद्यार्थीलाई सहुलियतको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समीतिले जनाएको छ। आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि जापानमा विभिन्न पेशामा आबद्ध नेपालीहरूले आफ्ना नानीबाबुहरूलाई नेपाली डायस्पोरा तोकाई बाटिका इन्टरनेशनल स्कुलले दिएको सुवर्ण अवसरलाई सदुपयोग गरी विश्वबजारमा प्रतिस्पर्धा गर्ने दक्ष नागरिक तयार गर्न विद्यालय संस्थापक सदस्य एवम् गल्कोट समाज जापानका पूर्व अध्यक्ष यम खत्रीले सबैमा अनुरोध गरेका छन्। “शिक्षानै धन हो, त्यसैले सबैले आफ्ना नानीबाबुलाई  विश्वबजारमा प्रतिस्पर्धा गर्ने शिक्षा दिन जरुरी छ!” उनले भने।

Bishawas Acharya

Recent Posts

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरूको प्रदर्शन

काठमाडौँ— नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार महासंघले माइतीघर मण्डलादेखि बिजुली…

55 years ago

झापाको किच्चकबध स्थलमा आठौँ चरणको उत्खनन, दरबारको जग भेटियो

झापा, भद्रपुर नगरपालिका–३ स्थित ऐतिहासिक किच्चकबध स्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ।…

55 years ago