सेरेना पहिलाे चरणमै रादुकानुसँग पराजित

सन्यासको घोषणा गरेकी अमेरिकी कीर्तिमानी टेनिस स्टार सेरेना विलियम्स स्थानीय समय अनुसार मंगलबार राति अमेरिकाको ओहायोमा भएको खेलमा पराजित भएकी छन् । डब्लुटिए १०००- स्तरको वेस्टर्न एण्ड साथर्न ओपन टेनिसको पहिलो चरणमा सेरेना विलियम्स बेलायती नम्बर एक खेलाडी एमा रादुकानुसँग पराजित भएकी हुन्।

मासनमा भएको खेलमा रादुकानुले सेरेनालाई ६-४ र ६-० को सेटमा पराजित गरेकी हुन्। सन्यासको घोषणा गरेपछिको दोस्रो खेलमा सेरेना पराजित भएकी हुन्।

युएस ओपन टेनिसकी साबिक विजेता रादुकानु दोस्रो चरणमा प्रवेश गरेकी छिन्। रादुकानुले खेलपछि सेरेनासँग खेल्न पाउनु आफ्ना लागि गर्वको कुरा रहेको र उनी आफ्ना लागि उत्प्रेरणाको स्रोत रहेको उल्लेख गरेकी छिन्।

१९ वर्षकी रादुकानुसँग पराजित भएपछि ४० वर्षकी सेरेना बिना प्रतिक्रिया नै बाहिरिएकी थिइन्। उनले खेलपछिको पत्रकार सम्मेलन पनि गरिनन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago