सन्यासको घोषणा गरेकी अमेरिकी कीर्तिमानी टेनिस स्टार सेरेना विलियम्स स्थानीय समय अनुसार मंगलबार राति अमेरिकाको ओहायोमा भएको खेलमा पराजित भएकी छन् । डब्लुटिए १०००- स्तरको वेस्टर्न एण्ड साथर्न ओपन टेनिसको पहिलो चरणमा सेरेना विलियम्स बेलायती नम्बर एक खेलाडी एमा रादुकानुसँग पराजित भएकी हुन्।
मासनमा भएको खेलमा रादुकानुले सेरेनालाई ६-४ र ६-० को सेटमा पराजित गरेकी हुन्। सन्यासको घोषणा गरेपछिको दोस्रो खेलमा सेरेना पराजित भएकी हुन्।
युएस ओपन टेनिसकी साबिक विजेता रादुकानु दोस्रो चरणमा प्रवेश गरेकी छिन्। रादुकानुले खेलपछि सेरेनासँग खेल्न पाउनु आफ्ना लागि गर्वको कुरा रहेको र उनी आफ्ना लागि उत्प्रेरणाको स्रोत रहेको उल्लेख गरेकी छिन्।
१९ वर्षकी रादुकानुसँग पराजित भएपछि ४० वर्षकी सेरेना बिना प्रतिक्रिया नै बाहिरिएकी थिइन्। उनले खेलपछिको पत्रकार सम्मेलन पनि गरिनन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…