वीरगञ्ज – नेपालमा वर्षेनी डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला विदेशबाट आयात हुने गरेको छ।
भन्सार विभागको तथ्याँकका अनुसार नेपालमा एक वर्षमै डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला आयात हुँदै आएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा एक अर्ब ६३ करोड ७१ लाख ३३ हजार बराबरको कुल ६ करोड ६२ लाख एक हजार २ सय ३० किलो केरा आयात भएको भन्सार विभागले जनाएको छ।
जसमध्ये भारतबाट मात्रै एक अर्ब ६३ करोड ७० लाख ९३ हजार बराबरको ६ करोड ६२ लाख एक सय १० किलो केरा आयात भएको छ। यसैगरी इन्डोनेसियााबाट नेपालमा ४० हजार बराबरको एक हजार १ सय २० किलो केरा आयत भएको छ। केराको आयातबाट नेपालले गत आर्थिक वर्षमा २१ करोड २ लाख ९५ हजार राजश्व संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा पनि डेढ भारतबाट नेपालमा एक अर्ब ७१ करोड ५४ लाख ८१ हजार बराबरको ५ करोड ८४ लाख ६५ हजार २ सय ३ किलो केरा आयत भएको थियो।
केरा जस्तै सुन्तलाको आयातमा पनि नेपालले अर्बौँ खर्चिने गरेको छ। गत अर्थिक वर्ष २०७८/७९ मा नेपालमा एक अर्ब २७ करोड १९ लाख ७५ हजार बराबरको २ करोड ३० लाख ८० हजार ८ सय ९७ किलो सुन्तला आयात गरिएको भन्सार विभागको तथ्यांकमा जनाइएको छ।
यसवर्ष सबैभन्दा बढी भारतबाट एक अर्ब १८ करोड ७६ लाख ६३ हजारको सुन्तला नेपालमा आयात भएको छ। यस्तै अन्य देशहरुमा इजिप्ट र साउथ अफ्रिकाबाट नेपालमा सुन्तलाको आयात हुने गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने विदेशबाट नेपालमा एक अर्ब ३७ करोड १२ लाख ५२ हजार बराबरको सुन्तला भारत,चिन र इजिप्टबाट आयात भएको थियो।
यसरी वर्षेनी अर्बौँ रुपैयाँभन्दा बढीको केरा र सुन्तला विदेशबाट आयात हुँदापनि हालसम्म नेपालमा सरकारले ब्यावसायिक रुपमा केरा र सुन्तलाको खेतीको लागि कुनै ठोस नीती ल्याउन सकेको छैन। जसका कारण देशमा केरा सुन्तलाको ब्यासायिक खेती कम मात्रै हुने गरेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…