भारतबाट नेपालमा एक वर्षमा डेढ अर्बको केरा र सवा एक अर्बको सुन्तला आयात

वीरगञ्ज – नेपालमा वर्षेनी डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला विदेशबाट आयात हुने गरेको छ।

भन्सार विभागको तथ्याँकका अनुसार नेपालमा एक वर्षमै डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला आयात हुँदै आएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा एक अर्ब ६३ करोड ७१ लाख ३३ हजार बराबरको कुल ६ करोड ६२ लाख एक हजार २ सय ३० किलो केरा आयात भएको भन्सार विभागले जनाएको छ।

जसमध्ये भारतबाट मात्रै एक अर्ब ६३ करोड ७० लाख ९३ हजार बराबरको ६ करोड ६२ लाख एक सय १० किलो केरा आयात भएको छ। यसैगरी इन्डोनेसियााबाट नेपालमा ४० हजार बराबरको एक हजार १ सय २० किलो केरा आयत भएको छ। केराको आयातबाट नेपालले गत आर्थिक वर्षमा २१ करोड २ लाख ९५ हजार राजश्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा पनि डेढ भारतबाट नेपालमा एक अर्ब ७१ करोड ५४ लाख ८१ हजार बराबरको ५ करोड ८४ लाख ६५ हजार २ सय ३ किलो केरा आयत भएको थियो।

केरा जस्तै सुन्तलाको आयातमा पनि नेपालले अर्बौँ खर्चिने गरेको छ। गत अर्थिक वर्ष २०७८/७९ मा नेपालमा एक अर्ब २७ करोड १९ लाख ७५ हजार बराबरको २ करोड ३० लाख ८० हजार ८ सय ९७ किलो सुन्तला आयात गरिएको भन्सार विभागको तथ्यांकमा जनाइएको छ।

यसवर्ष सबैभन्दा बढी भारतबाट एक अर्ब १८ करोड ७६ लाख ६३ हजारको सुन्तला नेपालमा आयात भएको छ। यस्तै अन्य देशहरुमा इजिप्ट र साउथ अफ्रिकाबाट नेपालमा सुन्तलाको आयात हुने गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने विदेशबाट नेपालमा एक अर्ब ३७ करोड १२ लाख ५२ हजार बराबरको सुन्तला भारत,चिन र इजिप्टबाट आयात भएको थियो।

यसरी वर्षेनी अर्बौँ रुपैयाँभन्दा बढीको केरा र सुन्तला विदेशबाट आयात हुँदापनि हालसम्म नेपालमा सरकारले ब्यावसायिक रुपमा केरा र सुन्तलाको खेतीको लागि कुनै ठोस नीती ल्याउन सकेको छैन। जसका कारण देशमा केरा सुन्तलाको ब्यासायिक खेती कम मात्रै हुने गरेको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago