पत्रकारमाथि दुर्व्यवहार गर्ने ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा

जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार कृष्ण आचार्यमाथि दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका हाकिमसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ।

हिजो (शनिबार) पत्रकार आचार्यले किटानी जाहेरी दिएको आधारमा प्रहरीले आज मुद्दा दर्ता गरेको हो। आचार्यले प्राधिकरणका कार्यालय प्रमुख राजिब सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेलविरुद्ध किटानी जाहेरी दिएका थिए।

कार्यालय प्रमुख सिंह बाहेक अन्य आरोपित शनिबारबाट नै प्रहरीको हिरासतमा रहेका छन्। मुद्दा दर्ता भएसंगै सिंहलाई पनि पक्राउ पुर्जी जारी गर्ने तयारीमा प्रहरी रहेको छ। अभद्र व्यवहार सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ। १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहिताले उल्लेख गरेको छ।

शुक्रबार रिपोर्टिङमा पुगेका पत्रकार आचार्यलाई कार्यलय परिसरमै मदिरा सेवन गरिरहेको कर्मचारीले कुटपिट गरेका थिए। आचार्यको हातमा चोट लागेको छ। भने कपडा समेत च्यातिदिएका थिए। आचार्य नारायणी अनलाइनको सम्पादक तथा प्रेस चौतारी चितवनको उपाध्यक्ष हुन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago