‘हाम्रो अस्पताल हाम्रै लागि’ नागरिक सहकारी अस्पतालको निर्माण धमाधम

बिर्तामोड, बिर्तामोडलाई स्वास्थ्यको हब बनाउने काममा अर्को एउटा नागरिक सहकारी अस्पतालको निर्माण धमाधम भइरहेको छ । सहकारी सिद्धान्तअनुसार सामुदायिक अस्पतालको निर्माण महेन्द्र राजमार्गबाट १३०० मिटर दक्षिण हर्कलाल मार्गमा हुँदैछ ।

‘हाम्रो अस्पताल हाम्रै लागि’ भन्ने संस्थाको मुख्य नाराका साथ ‘नागरिक सहकारी अस्पताल’ सञ्चालनमा आउन लागेको अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।पौडेलका अनुसार सहकारीका सिद्धान्तबमोजिम सदस्य समेतलाई स्वास्थ्य सेवा दिने उद्देश्यले सहकारी ऐन २०७४ बमोजिम ’नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेड’ दर्ता भई स्वास्थ्य सेवा सञ्चालन गर्न लागिएको हो ।

झापा जिल्लाका १५ वटै पालिकाका नागरिक सदस्य रहेको यस अस्पतालमा हरेक पेसाकर्मीहरु आबद्ध रहेका छन् । नागरिक सहकारी अस्पतालमा उद्योगी, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, सहकारीकर्मी लगायतको संयुक्त लगानीमा सहकारीमार्फत अस्पताल सञ्चालनमा रहने कार्यकारी प्रमुख कृष्ण पौडेलले बताए ।

सुरुवाती लगानी ५० करोड रुपैयाँ रहेको अस्पतालले नागरिकलाई उच्चस्तरीय, सरल र छरितो सेवा, सर्वसुलभ शुल्कमा उपचार गर्ने उद्देश्य राखेको सञ्चालक सदस्य जीवनकुमार खड्काले जानकारी दिए ।

अस्पतालले स्वास्थ्य शिविर, स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम गर्नुका साथै प्राविधिक स्वास्थ्य शिक्षा सञ्चालन गर्ने समेत लक्ष्य बनाएको छ ।

पाँच वर्षभित्र १० हजार शेयर सदस्य बनाउने उद्देश्य राखिएको यस अस्पतालले झापाका १५ वटै स्थानीय तहमा सेवा गर्नेछ । त्यस्तै, संस्थाका शेयर सदस्यलाई उपचारमा ३० प्रतिशत तथा आश्रित परिवारलाई उपचारमा २० प्रतिशत छुट गरिने उद्देश्य राखिएको छ ।

साथै, शेयर सदस्यले यस अस्पतालमा उपचारका लागि एम्बुलेन्स प्रयोग गरेबापत ५० प्रतिशत छुट गरिनेछ । ७५ वर्षमाथिका सदस्यलाई उपचारमा ५० प्रतिशत छुट दिइने योजना अस्पतालको रहेको छ ।

प्रत्येक वर्ष शेयर सदस्यहरु मध्येबाट उनीहरुका दुईजना सन्तानलाई मेडिकल शिक्षा (एमबिबिएस) अध्ययनका लागि विशेष व्यवस्था गर्ने लक्ष्य राखिएको छ । साथै, स्वास्थ्य शिक्षा र प्राविधिक शिक्षाका लागि विशेष व्यवस्था गरिने जीवनकुमार खड्काले बताए ।

अस्पतालमा आकस्मिक सेवा, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, निदानात्मक सेवा (प्रयोगशाला, रेडियोइमेजिङ आदि), शल्यक्रिया सेवा, सघन उपचार सेवा, प्रबद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा, विशेषज्ञ सेवा, फार्मेसी सेवा, रक्त सञ्चार सेवा, फिजियोथेरापी सेवा, वातावरण व्यवस्थापन, स्वास्थ्य संस्थाबाट निष्काशित फोहोरमैला व्यवस्थापन गरिनेछ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago