‘हाम्रो अस्पताल हाम्रै लागि’ नागरिक सहकारी अस्पतालको निर्माण धमाधम

बिर्तामोड, बिर्तामोडलाई स्वास्थ्यको हब बनाउने काममा अर्को एउटा नागरिक सहकारी अस्पतालको निर्माण धमाधम भइरहेको छ । सहकारी सिद्धान्तअनुसार सामुदायिक अस्पतालको निर्माण महेन्द्र राजमार्गबाट १३०० मिटर दक्षिण हर्कलाल मार्गमा हुँदैछ ।

‘हाम्रो अस्पताल हाम्रै लागि’ भन्ने संस्थाको मुख्य नाराका साथ ‘नागरिक सहकारी अस्पताल’ सञ्चालनमा आउन लागेको अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।पौडेलका अनुसार सहकारीका सिद्धान्तबमोजिम सदस्य समेतलाई स्वास्थ्य सेवा दिने उद्देश्यले सहकारी ऐन २०७४ बमोजिम ’नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेड’ दर्ता भई स्वास्थ्य सेवा सञ्चालन गर्न लागिएको हो ।

झापा जिल्लाका १५ वटै पालिकाका नागरिक सदस्य रहेको यस अस्पतालमा हरेक पेसाकर्मीहरु आबद्ध रहेका छन् । नागरिक सहकारी अस्पतालमा उद्योगी, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, सहकारीकर्मी लगायतको संयुक्त लगानीमा सहकारीमार्फत अस्पताल सञ्चालनमा रहने कार्यकारी प्रमुख कृष्ण पौडेलले बताए ।

सुरुवाती लगानी ५० करोड रुपैयाँ रहेको अस्पतालले नागरिकलाई उच्चस्तरीय, सरल र छरितो सेवा, सर्वसुलभ शुल्कमा उपचार गर्ने उद्देश्य राखेको सञ्चालक सदस्य जीवनकुमार खड्काले जानकारी दिए ।

अस्पतालले स्वास्थ्य शिविर, स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम गर्नुका साथै प्राविधिक स्वास्थ्य शिक्षा सञ्चालन गर्ने समेत लक्ष्य बनाएको छ ।

पाँच वर्षभित्र १० हजार शेयर सदस्य बनाउने उद्देश्य राखिएको यस अस्पतालले झापाका १५ वटै स्थानीय तहमा सेवा गर्नेछ । त्यस्तै, संस्थाका शेयर सदस्यलाई उपचारमा ३० प्रतिशत तथा आश्रित परिवारलाई उपचारमा २० प्रतिशत छुट गरिने उद्देश्य राखिएको छ ।

साथै, शेयर सदस्यले यस अस्पतालमा उपचारका लागि एम्बुलेन्स प्रयोग गरेबापत ५० प्रतिशत छुट गरिनेछ । ७५ वर्षमाथिका सदस्यलाई उपचारमा ५० प्रतिशत छुट दिइने योजना अस्पतालको रहेको छ ।

प्रत्येक वर्ष शेयर सदस्यहरु मध्येबाट उनीहरुका दुईजना सन्तानलाई मेडिकल शिक्षा (एमबिबिएस) अध्ययनका लागि विशेष व्यवस्था गर्ने लक्ष्य राखिएको छ । साथै, स्वास्थ्य शिक्षा र प्राविधिक शिक्षाका लागि विशेष व्यवस्था गरिने जीवनकुमार खड्काले बताए ।

अस्पतालमा आकस्मिक सेवा, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, निदानात्मक सेवा (प्रयोगशाला, रेडियोइमेजिङ आदि), शल्यक्रिया सेवा, सघन उपचार सेवा, प्रबद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा, विशेषज्ञ सेवा, फार्मेसी सेवा, रक्त सञ्चार सेवा, फिजियोथेरापी सेवा, वातावरण व्यवस्थापन, स्वास्थ्य संस्थाबाट निष्काशित फोहोरमैला व्यवस्थापन गरिनेछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago