काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण उपलव्धिमुलक रहेको दाबी गरेका छन्।

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण नेपाल र नेपालीको हितमा केन्द्रीत भएको उल्लेख गरे।

भारतीय जनता पार्टीको निमन्त्रणमा शुक्रबार भारत गएका उनले उच्चस्तरीय भेटवार्ता गरेका छन्। भाजपाका अध्यक्ष जगतप्रसाद नड्डा,राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल,विदेशमन्त्री एस जयशंकरसँग छुट्टा छुट्टै भेट गरेका छन्।

सबै भेटमा नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर छलफल गरेकोले सकरात्मक परिणाम दिने उनले विश्वास व्यक्त गरे।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ता गर्न पाएनन्। प्रचण्डले भने, ‘भारतीय उच्च स्तरीय भेटबार्तामा सन् १९५० को सन्धि पुनरावलकन, दुई देशबीचको सिमा विवाद समाधान तथा इपिजी प्रतिवेदनबारे बोलेको छु, सकारात्मक परिणाम आउला।’

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँगको भेटबारे प्रचण्डले आरजु पनि भारतमै स्वास्थ्य उपचारको क्रममा रहेकाले भेट भएको स्पष्टीकरण दिएका छन्।

आरजुसँगको भेटबारे केही सञ्चारमाध्यमले अतिरञ्जित गरेकाले भेटको अन्य कुनै उद्देश्य नभएको उनको भनाइ छ।

आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा र अहिले जाँदा परराष्ट्र मन्त्रालयले स्वागतमा कुनै फरक व्यवहार नगरेको प्रचण्डले बताए।

Sanjay poudyal

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago