काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण उपलव्धिमुलक रहेको दाबी गरेका छन्।

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण नेपाल र नेपालीको हितमा केन्द्रीत भएको उल्लेख गरे।

भारतीय जनता पार्टीको निमन्त्रणमा शुक्रबार भारत गएका उनले उच्चस्तरीय भेटवार्ता गरेका छन्। भाजपाका अध्यक्ष जगतप्रसाद नड्डा,राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल,विदेशमन्त्री एस जयशंकरसँग छुट्टा छुट्टै भेट गरेका छन्।

सबै भेटमा नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर छलफल गरेकोले सकरात्मक परिणाम दिने उनले विश्वास व्यक्त गरे।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ता गर्न पाएनन्। प्रचण्डले भने, ‘भारतीय उच्च स्तरीय भेटबार्तामा सन् १९५० को सन्धि पुनरावलकन, दुई देशबीचको सिमा विवाद समाधान तथा इपिजी प्रतिवेदनबारे बोलेको छु, सकारात्मक परिणाम आउला।’

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँगको भेटबारे प्रचण्डले आरजु पनि भारतमै स्वास्थ्य उपचारको क्रममा रहेकाले भेट भएको स्पष्टीकरण दिएका छन्।

आरजुसँगको भेटबारे केही सञ्चारमाध्यमले अतिरञ्जित गरेकाले भेटको अन्य कुनै उद्देश्य नभएको उनको भनाइ छ।

आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा र अहिले जाँदा परराष्ट्र मन्त्रालयले स्वागतमा कुनै फरक व्यवहार नगरेको प्रचण्डले बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago