माेरङ कारागारका ५४ कैदीबन्दीमा काेराेना संक्रमण पुष्टि

माेरङ- विराटनगरस्थित जिल्ला कारागार मोरङमा रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। गत बिहीबार करिब १९ जना कैदीबन्दीमा उच्च ज्वरो देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गर्दा कोरोना फैलिएको पुष्टि भएको थियो। त्यसयता ३५ जना नयाँ कैदीबन्दीमा संक्रमण पुष्टि भएको हो।

शुक्रबार १९ जनाको पुष्टि भएपछि पछिल्लोपटक ४८ जनाको परीक्षण गरिएको थियो। जसमा ३५ जनामा कोरोना पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

प्रजिअ दाहालले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि १३ जनाको रिपोर्ट नेगेटिभ आएको बताए। हाल स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि संक्रमित कैदीबन्दीलाई विराटनगर १० स्थित कोशी कोभिड अस्पतालमा भर्ना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

यसअघि शुक्रबार पोजेटिभ देखिएका संक्रमणको सोही अस्पतालमा उपचार जारी भइरहेको छ। एकैपटक धेरै संख्यामा कैदीबन्दीमा संक्रमण फैलिएसँगै प्रशासनले कारागारमा रहेका अन्य कैदीबन्दीलाई समेत कोरोना परिक्षण गरिने तयारी भइरहेको दाहालले जानकारी दिए।

कारागारमा पुराना कैदीबन्दीलाई भ्याक्सिन लगाइएको भए पनि नयाँ आएका कतिपयको भ्याक्सिन रिपोर्ट उपलब्ध हुन नसकेको देखिएको छ। कारागार व्यवस्थापनका अनुसार संक्रमितलाई उपचारका लागि अस्पताल लैजाने र शंकास्पदलाई भने कारागार भित्रै फरक स्थानमा राखिनेछ।

यद्यपि संक्रमितलाई भने कारागारमा नराखिने कारागार व्यवस्थापनको भनाइ छ।

महिला र पुरुष गरी करिब ३ सय क्षमताको कारागारमा १ हजार १२ जना कैदीबन्दी राखिएको छ। जसकारण संक्रमण थप फैलिन सक्नेतर्फ प्रशासन सचेत रहेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago