जिल्ला समन्वय समिती पाल्पामा प्रमुख सहित सबै पदमा एमालेको प्यानल विजयी

“संविधानले दिएको अधिकार पुर्ण रुपमा प्रयोग गरी जिल्लाका स्थानीयतह संग पुर्णरुपमा समन्वय गरी काम गर्ने नव निर्वाचित प्रमुखको प्रतिबद्धता”

भबिन्द्र गौतम, पाल्पा ३ असार ।
जिल्ला समन्वय समिती पाल्पाको प्रमुख सहित सबै पदमा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन । समन्वय समितिको प्रमुख पदमा टंकनाथ खनाल विजयी हुनुभएको हो । उप प्रमुखमा काशिका ज्ञवाली गैरे, खुला सदस्यमा निस्दीका प्रताप सिं थापा, पुर्वखोलाका रितमान श्रेष्ठ, बगनासकालीका केशवराज खराल निर्वाचित हुनुभएको हो । महिला सदस्यमा रम्भाका भविसरा सारु, रैनादेवी छहराका विष्णु कडेल घिमिरे, तानसेनकी बसन्ता ज्ञवाली र दलित महिला सदस्यमा माथागढीकी केशमाया सुनार निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत खड्ग बहादुर केसीले बताउनुभयो । विजेता प्रमुख सहित नेकपा एमालेका सबै उम्मेदवारहरु ११ मत पाएका थिए भने गठबन्धनको तर्फ प्रमुख पदका उम्मेदवार यमलाल तिमिल्सीना सहितका उम्मेदवारहरुल ९ मत पाएका थिए ।

पाँच दलिय गठबन्धन पाल्पाले जिल्ला समन्वय समितीको प्रमुखमा यमलाल तिमिल्सिना नेपाली कांग्रेस उप प्रमुखमा कृष्ण प्रसाद भुसाल, नेकपा माओवादी केन्द्र बाट सदस्यहरुमा बाल बहादुर खाती राष्ट्रिय जनमोर्चा धन बहादुर रायमाझि, नेकपा एकिकृत समाजवादी सुर्य सुर्यबन्सी, नेपाली काग्रेस महिला सदस्यमा कुमला नेपाल र सुनिता श्रेष्ठ, नेपाली कांग्रेस अल्पसंख्यकमा नरेन्द्र सुन्तौली , माओवादी केन्द्र बाट दलितमा कमला नेपाली लाईउम्मेदवार बनाएको थियो ।

शुक्रवार नव निर्वाचित जिल्ला समन्वय प्रमुख सहित सदस्यहरुले सपथग्रहण गरी पदभार ग्रहण गरेका छन पदभार कार्यक्रममा जिल्ला समन्वय कार्यवाहक प्रमुख मिरा मरासिनीले कार्यकक्षमा नव निर्वाचित प्रमुख खनाल लाई पद हस्तानतरण गर्नुभएको थियो ।

पदग्रहण पस्चात कार्यक्रममा बोल्दै नव निर्वाचित प्रमुख खनालले संविधानले दिएको अधिकार पुर्ण रुपमा प्रयोग गरी जिल्लाका स्थानीयतह संग पुर्णरुपमा समन्वय गरी काम गर्ने बताउनुभयो । पाल्पाको १० पालिकाका प्रमुख उप प्रमुख गरी २० जना मतदाता रहेकोमा नेकपा एमाले बाट ११ जना गठबन्धनबाट ९ जना रहेका छन ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago