“संविधानले दिएको अधिकार पुर्ण रुपमा प्रयोग गरी जिल्लाका स्थानीयतह संग पुर्णरुपमा समन्वय गरी काम गर्ने नव निर्वाचित प्रमुखको प्रतिबद्धता”
भबिन्द्र गौतम, पाल्पा ३ असार ।
जिल्ला समन्वय समिती पाल्पाको प्रमुख सहित सबै पदमा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन । समन्वय समितिको प्रमुख पदमा टंकनाथ खनाल विजयी हुनुभएको हो । उप प्रमुखमा काशिका ज्ञवाली गैरे, खुला सदस्यमा निस्दीका प्रताप सिं थापा, पुर्वखोलाका रितमान श्रेष्ठ, बगनासकालीका केशवराज खराल निर्वाचित हुनुभएको हो । महिला सदस्यमा रम्भाका भविसरा सारु, रैनादेवी छहराका विष्णु कडेल घिमिरे, तानसेनकी बसन्ता ज्ञवाली र दलित महिला सदस्यमा माथागढीकी केशमाया सुनार निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत खड्ग बहादुर केसीले बताउनुभयो । विजेता प्रमुख सहित नेकपा एमालेका सबै उम्मेदवारहरु ११ मत पाएका थिए भने गठबन्धनको तर्फ प्रमुख पदका उम्मेदवार यमलाल तिमिल्सीना सहितका उम्मेदवारहरुल ९ मत पाएका थिए ।
पाँच दलिय गठबन्धन पाल्पाले जिल्ला समन्वय समितीको प्रमुखमा यमलाल तिमिल्सिना नेपाली कांग्रेस उप प्रमुखमा कृष्ण प्रसाद भुसाल, नेकपा माओवादी केन्द्र बाट सदस्यहरुमा बाल बहादुर खाती राष्ट्रिय जनमोर्चा धन बहादुर रायमाझि, नेकपा एकिकृत समाजवादी सुर्य सुर्यबन्सी, नेपाली काग्रेस महिला सदस्यमा कुमला नेपाल र सुनिता श्रेष्ठ, नेपाली कांग्रेस अल्पसंख्यकमा नरेन्द्र सुन्तौली , माओवादी केन्द्र बाट दलितमा कमला नेपाली लाईउम्मेदवार बनाएको थियो ।
शुक्रवार नव निर्वाचित जिल्ला समन्वय प्रमुख सहित सदस्यहरुले सपथग्रहण गरी पदभार ग्रहण गरेका छन पदभार कार्यक्रममा जिल्ला समन्वय कार्यवाहक प्रमुख मिरा मरासिनीले कार्यकक्षमा नव निर्वाचित प्रमुख खनाल लाई पद हस्तानतरण गर्नुभएको थियो ।
पदग्रहण पस्चात कार्यक्रममा बोल्दै नव निर्वाचित प्रमुख खनालले संविधानले दिएको अधिकार पुर्ण रुपमा प्रयोग गरी जिल्लाका स्थानीयतह संग पुर्णरुपमा समन्वय गरी काम गर्ने बताउनुभयो । पाल्पाको १० पालिकाका प्रमुख उप प्रमुख गरी २० जना मतदाता रहेकोमा नेकपा एमाले बाट ११ जना गठबन्धनबाट ९ जना रहेका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…