काठमाडौं: गर्मीयाम सुरु भएसँगै सर्पको टोकाइका घटना बढ्न थालेका छन् । विशेषगरी तराई प्रदेशमा सर्पदंशको समस्या बढी भए पनि पहाडका जिल्लाहरू पनि जोखिममा रहने विज्ञहरू बताउँछन् ।
सर्पदशंको सही उपचार नहुँदा जटिलता थप हुने गरेको छ । केही व्यक्तिमा सर्पले टोकेको असर ढिलो देखिन सक्ने भएकाले टोकेको व्यक्तिलाई निरन्तर निगरानीमा राख्नुपर्ने इपिडिममियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सर्पले टोकेको घाउमा विष हटाउन वा शरीरमा विष प्रवेश हुन नदिन टोकेको ठाउँमा काटेर रगत बगाउने, विष चुसेर लगाउने, ढुंगा वा झार लगाउनु गलत विधि भएको महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा बताउँछन् ।
सर्पले टोकेको आशंका भएमा तुरुन्तै सर्पदंशको उपचार केन्द्रमा पुर्याई निगरानीमा राख्न डा. ओझाको सुझाव छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…