नेपाली सेनाले कदापि जनताको भावना विपरीत कुनै काम गर्दैन : प्रधानसेनापति

काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप सहयोग (एसपपी)का बारेमा कुनै पत्र नआएको बताएका छन् ।

संघीय संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा धारणा राख्दै शर्माले हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावबारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाँड्‌ने प्रयासले बाहिर आएकोसमेत बताएका छन् । आफ्नो अमेरिकन भ्रमणका क्रममा कुनै हस्ताक्षरको कार्यक्रमा पनि नभएको उनको भनाइ छ ।

अमेरिकी सरकारले एसपीपीमा हस्ताक्षर गराउनका लागि दबाब दिएको भन्ने टिकाटिप्पणी भइरहेको बेला प्रधासेनापति शर्माले अमेरिका भ्रमण विशुद्ध मैत्रीपुर्ण भएको पनि बताएका छन् । ‘अहिले जुन १० बुँदे फरम्याट बाहिर आएको छ, त्यो आएको नै होइन, यो त हाम्रो एकता नचाहनेले यस्तो गरेको हुन सक्छ, यसमा हामी सचेत हुनुपर्छ,’ उनले बैठकमा भने, ‘ढुक्क हुनुहोस्, नेपाली सेनाले कदापि नेपाली जनताको भावनाविपरीत कुनै पनि काम गर्दैन ।’

प्रधानसेनापति राणाले सैन्य गठबन्धनसहितको एसपीपी सहमति नेपाली सेनालाई कुनै पनि हालतमा मान्य नभएको बताए । ‘त्यस्तो एसपीपी कुनै पनि हालतमा हाम्रो लागि मान्य छैन,’ शर्माले बैठकमा भने । यसअघि विपद् व्यवस्थापनमा सो सहमति गरिएको भए पनि सैन्य गठबन्धनका बारेमा त्यस्तो सहमति नहुने उनको भनाइ छ ।

प्रधानसेनापति राणाले अमेरिकन भ्रमणका क्रममा कुनै पनि हस्ताक्षर कार्यक्रम नभएको पनि जनाएका छन् । ‘मेरो अमेरिका भ्रमणमा कुनै पनि कुराको सिग्नेचर गर्ने कार्यक्रम छैन, त्यसमा अमेरिकाले पनि भनेको छैन, यो मैत्रीपुर्ण भ्रमण हो, यसबाट सशंकित हुनुपर्ने नै छैन,’ उनको भनाइ छ ।

प्रधानसेनपति शर्मा शनिबार लेवनान जाने र त्यसको एक हप्तापछि मात्र अमेरिका जानेछन् भने सो बीचमा उनले सिरियामा कार्यरत नेपालका शान्ति सेनासँग भेटघाट गर्नेछन् । ‘म भोलि लेवनान जाँदैछु, त्यसको दुई दिनपछि सिरिया र त्यहिँबाट एक हप्तापछि अमेरिकाको भ्रमण गर्न लागेको छु, यो भ्रमणमा केही हस्ताक्षर हुनेवाला छैन,’ प्रधानसेनापति शर्माले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago