विद्यालय अनुगमनमा जनप्रतिनिधिलाई अवरोध

रौतहट: गौर नगरपालिका–४ टिकुलियास्थित आधारभूत प्राथमिक विद्यालयको निरीक्षण गर्न पुगेका जनप्रतिनिधिहरूलाई अवरोध गरिएको छ । वडाध्यक्ष सञ्जय गिरी मंगलबार वडाका सदस्य तथा स्थानीयहरूसहित निरीक्षणका लागि विद्यालय पुगेका थिए । तर कार्यालय सहायक अशोक यादवले उनीहरूलाई विद्यालय प्रवेश गर्न रोकेका हुन् ।
यो विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षदेखि कार्यालय सहायकसम्म सबै एकै परिवारका सदस्य छन् । नाम मात्रको यो विद्यालय बन्द गराउन नगरपालिकाले प्रक्रिया सुरु गरेको छ । जसका लागि जनप्रतिनिधि अनुगमन गर्न विद्यालय पुगेका थिए ।
विद्यालयको भौतिक संरचना कमजोर र विद्यार्थी संख्यासमेत न्यून छ । बन्द गर्ने प्रक्रियास्वरूप निरीक्षणमा पुग्दा आफूहरूलाई भित्र प्रवेश गर्न नदिइएको वडाध्यक्ष गिरीले बताए । ‘हामी भित्र हेर्छौं भन्दा कार्यालय सहायक यादवले रोके । गाउँलेलाई समेत भित्र छिर्न दिएनन्,’ गिरीले भने, ‘कक्षा १–६ सम्म जम्मा ८ जना पढ्दा रहेछन् । हदैसम्मको लापरबाही गर्न थालेपछि बन्द गराउने प्रक्रियास्वरूप नै विद्यालय हेर्न गएका हौं । अब यो नाम मात्रको विद्यालय बन्द गराउँछौं ।’

जनप्रतिनिधिलाई प्रवेश गर्न नदिएपछि स्थानीयले प्रतिवाद गरेका थिए । त्यसपछि मात्रै यादव पछि हटेका थिए । यादव प्रधानाध्यापक सावित्री यादवका श्रीमान् हुन् । जनप्रतिनिधिलाई विद्यालय प्रवेश गर्न नदिइरहँदा प्रअ सावित्री भने चुप थिइन् । एकै परिवारका सदस्यले सञ्चालन गरेको यो विद्यालय बन्द गराउनुपर्नेमा स्थानीय पनि सहमत छन् । लामो समयदेखि न्यून मात्रै विद्यार्थी भएको यो विद्यालयमा सरकारले बर्सर्नेि रकम भने खर्च गर्दै आएको छ । गौर नगर प्रमुख शम्भु साहले पनि यो विद्यालय बन्द गर्ने प्रक्रिया सुरु गरेको बताए । ‘विद्यालयमा विद्यार्थी नै न्यून छन् । भौतिक संरचना पनि छैनन्,’ उनले भने, ‘विद्यालय जीर्ण छ । एकै परिवारले चलाएको फेला पारेका छौं । अब पनि सञ्चालन गर्न दिँदा राम्रो सन्देश जाँदैन ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख विनयलाल दासका अनुसार उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रामेश्वर यादव, प्रअ उनकी बुहारी सावित्री, बाल विकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक कार्यरत छन् । २०६३ सालमा स्थापना भएको उल्लेख गर्दै विद्यालयमा बोर्ड झुन्ड्याइएको छ । तर, कक्षा ६ सम्म पढाइ हुने विद्यालयमा अहिले दिनहुँ ४–८ जनासम्म मात्र विद्यार्थीको उपस्थिति रहने गरेको छ । ‘कक्षा १ मा ६ जना मात्र भर्ना छन् । कक्षा २ मा ४ जना, ३ मा १२ जना, ४ मा १३ जना, ५ मा १२ जना र ६ मा ३ जना विद्यार्थी भर्ना छन्न् । बाल विकास कक्षामा ४ जना छन्,’ उनले भने, ‘भर्ना भए पनि अधिकांश विद्यार्थी विद्यालय आउँदैनन् ।’

१५ वर्षदेखि सञ्चालित विद्यालयको भौतिक अवस्था दयनीय छ । विद्यालयको छानबिनका लागि अख्तियारले समेत पत्र पठाएको छ । स्थानीयले समेत विद्यालय बन्द गराउन नगरपालिकालाई दबाब दिँदै आएका छन् । तर, राजनीतिक पहुँचको भरमा सञ्चालनमा रहेको विद्यालयमा कार्यालय सहायक यादवले बाहिरबाट जाने जोकोहीलाई हप्कीदप्की गरेर पठाउने गरेका एक स्थानीयले सुनाए ।

यादव परिवार भने विद्यालय सञ्चालनमा अवरोध गरेको भन्दै मुद्दा प्रक्रियामा गएको छ । विद्यालयलाई जग्गा दान गरेकी भनिएकी ७१ वर्षीया सुरुजदेवीले विद्यालय सञ्चालनमा अवरोध गरेको भन्दै नगर प्रमुख साह, वडाध्यक्ष गिरी र शिक्षा विकास तथा समन्वय इकाईविरुद्ध जिल्ला अदालत गौरमा गत जेठ २६ मा रिट दर्ता गराएकी छन् । अदालतले विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । रिट दर्ता गर्ने सुरुजदेवी व्यवस्थापन समितिका अध्यक्ष रामेश्वरकी श्रीमती हुन् ।

प्रअ सावित्रीलाई कान्तिपुरले फोन सम्पर्क गर्दा श्रीमान् अशोकले उठाए । राजनीतिक प्रतिसोध साध्न विद्यालय र आफ्नो परिवारको बेइजत गरिएको अशोकको आरोप छ । ‘यहाँ क–कसको पृष्ठभूमि के–के छ भन्ने हामीलाई पनि थाहा छ । खाइनखाई विद्यालय चलाएका छौं,’ उनले भने, ‘आपराधिक पृष्ठभूमिका मानिसहरू आएकाले भित्र पस्न नदिएका हौं । विद्यालय बन्द भयो भने बलबालिकाको भविष्य के होला ?’ उनले आफू विद्यालयको कर्मचारी भएको बताए ।

जिल्लाका १८ वटा स्थानीय तहमा झन्डै ४ सय हाराहारी आधारभूत विद्यालय छन् । ती सबैको भवन, भौतिक संरचना पर्याप्त छैनन् । स्थानीय तहले बजेट विनियोजन गरेर विद्यालयलाई राम्रो बनाउनुपर्नेमा अधिकांशको हालत दयनीय रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंहले बताए । ‘टिकुलियाजस्ता अरू ठाउँमा पनि विद्यालयहरू होलान्,’ उनले भने, ‘हामीले पनि खोजी गरिरहेका छौं ।’

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago