दुवै उम्मेदवार लामो समय सम्म सहकर्मीका रुपमा प्राध्यापन पेशामा रहनुभएका प्राज्ञिक व्यक्तिहरु हुनुहुन्थ्यो । यसैले यहाँको चुनावलाई रोचक अर्थमा हेरिएको थियो ।

भविन्द्र गौतम
तानसेन, ३ जेठ । निकै महत्वका साथ हेरिएको पाल्पाको सदरमुकाममा रहेको तानसेन नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । नेपाली काग्रेसका नगर प्रमुख उम्मेदवार सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याएर नगर प्रमुख पदमा विजयी हुनुभयो । नगर प्रमुख पदमा निकटतम प्रतिद्धन्द्धी रहनुभएका नेकपा एमालेका धनेन्द्रराज घिमिरे लाई १० हजार ३ सय ९४ मत प्राप्त भयो । आठ सय ७९ मतान्तरले नेकपा एमालेका नगर प्रमुख उम्मेदवार घिमिरे पराजित हुनुभयो । दुवै उम्मेदवार लामो समय सम्म सहकर्मीका रुपमा प्राध्यापन पेशामा रहनुभएका प्राज्ञिक व्यक्तिहरु हुनुहुन्थ्यो । यसैले यहाँको चुनावलाई रोचक अर्थमा हेरिएको थियो ।

नगरपालिकाको उप प्रमुखमा पनी नेपाली काग्रेस विजयी भएको छ । उप प्रमुख पदमा नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली गाहा विजयी हुनुभयो । सिंजाली माओवादी केन्द्रकी उम्मेदवार भएपनि उहाँले रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएको थियो । गठबन्धनबाट उप प्रमुखको उम्मेदवार रहेकी नेकपा माओवादीकी सिंजालीले ११ हजार १ सय ५१ मत ल्याई विजयी हुनुभयो । उप प्रमुख सिंजालीकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी शशी श्रेष्ठलाई १० हजार ३ सय ७२ मत प्राप्त भयो । उप प्रमुख पदमा सात सय ७९ मतान्तरले नेकपा एमालेकी उम्मेदवार श्रेष्ठ पराजित हुनुभयो ।

विजेता नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उप प्रमुख प्रतिक्षा सिंजाली

तानसेन नगरपालिकाकोे वडा नंं १ बाट सुनिल कुमार बस्याल, वडा नंं २ बाट महेश्वरलाल श्रेष्ठ, वडा नंं ३ बाट बाबुरत्न शाक्य, वडा नंं ४ बाट हेमन्तराज शाक्य, वडा नंं ५ बाट रामबहादुर रावल, वडा नंं ६ बाट सागरमान महर्जन, वडा नंं ७ बाट प्रदिप खनाल, वडा नंं ११ बाट यादव बहादुर कार्की, वडा नंं १२ बाट मेजर सिंह केसी र वडा नंं १३ बाट टुक प्रसाद भट्टराई सहित ११ वटा वडामा गठवन्धन गरेर चुनावमा उत्रिएका उम्मेदवार विजयी भए ।


यस्तै तानसेन नगरपालिकाको वडा नंं ८ बाट सोमनाथ अर्याल, वडा नंं ९ बाट राजेश कुमार अर्याल, वडा नंं १० बाट हिमलाल पंगेनी र वडा नंं १४ शोभाखर भट्टराई समेत ४ वटा वडामा नेकपा एमाले बाट उम्मेदवारी दिएका उम्म्ेदवार विजयी भएका छन ।
२०७४ सालको स्थानीयतह निर्वाचनमा नेकपा एमाले नगर प्रमुख, उप प्रमुख सहित ८ वडामा जित हासिल गरेको थियो भने, अहिलेको निर्वाचनमा नेकपा एमाले ४ वटा वडामा मात्र सिमित भएको छ ।

 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago