पाल्पाको रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित हुनुभएको छ । थापाले १० हजार ४५६ मत प्राप्त गर्नुभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गर्नुभयो ।

नगर उपप्रमुखमा कांग्रेसका बालकुमारी थापाले १० हजार ३०७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका दुर्गादेवी रानाले १० हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका गायत्री न्यौपानेले १५७ मत प्राप्त गुर्नभएको छ ।

रामपुर नगरपालिकाका दश वडामध्ये १, २, ४, ५, ६, ७ र ९ मा कांग्रेस र ३, ८ र १० मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । – रासस

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago