प्यूठान स्वर्गद्वारी नगर प्रमुखमा कांग्रेस, उपप्रमुखमा जनमोर्चा उम्मेदवार विजयी

२०७९, ३ जेष्ठ मंगलवार ११:०१

प्यूठान: प्यूठान स्वर्गद्वारी नगरपालिका प्रमुखमा कांग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी नगरपालिकाको मेयर चुनिएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले ५ हजार १ सय ५२ मत ल्याए । यस्तै नगरपालिका उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर विजयी भएका छन् । ७ हजार ३ सय ७७ मत ल्याउँदै रानामगर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी गौरी बरापातेले ५ हजार २६ मत ल्याइन् ।
नगरपालिकाको वडा नम्बर १ मा गठबन्धनका मेघराज जिसी, वडा नम्बर २ मा गठबन्धनकै बुद्धिराम पुन, ३ मा एमालेका कृष्ण बहादुर रोकाय, ४ मा गठबन्धनका सुवर्णकुमार श्रेष्ठ, ५ मा गठबनधनका गिरबहादुर घर्तिमगर विजयी भए । त्यस्तै वडा नम्बर ७ मा स्वतन्त्र उमेदवार सुरज जिएम, ८ मा गठबन्धनका खोप बहादुर राउत, ९ मा एमालेका नर बहादुर बिएम विजयी भए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु