जापान । प्रबाश जस्तो ठाउँ जापान जस्तो बेस्त ठाउमा नेपालको अर्घाखाँची बाट आएको एउटा ठिटोले नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान जापानमा बसेर पनि संघर्षरत लोकप्रिय गायक चेतन घर्ति मगर र शान्ति श्री परियारको सुमधुर आवाजमा लोकदोहोरी गीत’गण्डकी’बजारमा आएको छ।
लोकगीत संगीतमा आफुलाई लोक पाराखीको रुपमा लिदै आएका घर्तिले निरन्तर आफ्नो आवाजमा नया नया गीतहरु गाउँदै आएका छन।प्राय अती मिठो अनी दर्शक स्रोता हरुको मन जित्न सफल गीतहरुमा आवाज दिएका घर्तीको लागि यो अर्को गण्डकी बोलको गीतले लोकदोहोरी क्षेत्रमा अझै ऊचाईमा पुर्याउने गायको विश्वाश रहेको छ।
गीतमा बरिष्ठ लोक दोहोरी सर्जक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजिको उत्कृष्ट शब्द रहेको छ भने लय स्वयम् गायक चेतन घर्ति मगरले गरेका छन।माउन्टेन रोधीघरले बजारमा ल्याएको उक्त गीतको प्रस्तोतकर्ता भने जापानमा बसेर पनि नेपालीहरुलाई समाजसेवीको भूमिकाबाट हर समय सहयोग गर्दै आउनु भएका समाजसेवी तथा सफल ब्यबसायी जमुना ग्रुपका अध्यक्ष राजु कंडेल रहेका छन।
गीतमा चर्चित मोडल रिना थापा र टिकटक स्टार बिजय पुनको दमदार अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन राजकुमार मगरले गरेका छन।राजकुमार मगरकै सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।गीतको सम्पूर्ण पार्ट निकै उत्कृष्ट बनेको छ।गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ।
भिडियो ……..
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…