काठमाडौँ – पाँच दलीय गठबन्धनले सोमबार (भोलि)सम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डाको टुंगो लगाउने निर्णय गरेका छन्।
बालुवाटारमा आइतबार बसेको बैठकले स्थानीय तहको चुनावमा तालमेल गर्नेबारे छलफल गर्दै केन्द्रबाट टुंगो लगाउने भनिएको महानगर र उपमहानगरको भावण्डाको सहमति साेमबार सक्ने निर्णय गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकबारे जानकारी दिँदै भने, ‘बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने।’
गठबन्धनले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको टुंगो केन्द्रबाट लगाउने भने अझै कुरा मिल्न सकेको छैन।
त्यस्तै गठबन्धनले सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे साेमबार नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको मल्लले जानकारी दिए।
वैशाख ३० गते मतदानका लागि आयोगले वैशाख ११ र १२ गते मनोनयनको मिति निर्धारण गरे पनि गठबन्धनमा आबद्ध दललाई भागवण्डा मिलाउनै सकस परेको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…