काठमाडौँ – पाँच दलीय गठबन्धनले सोमबार (भोलि)सम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डाको टुंगो लगाउने निर्णय गरेका छन्।
बालुवाटारमा आइतबार बसेको बैठकले स्थानीय तहको चुनावमा तालमेल गर्नेबारे छलफल गर्दै केन्द्रबाट टुंगो लगाउने भनिएको महानगर र उपमहानगरको भावण्डाको सहमति साेमबार सक्ने निर्णय गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकबारे जानकारी दिँदै भने, ‘बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने।’
गठबन्धनले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको टुंगो केन्द्रबाट लगाउने भने अझै कुरा मिल्न सकेको छैन।
त्यस्तै गठबन्धनले सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे साेमबार नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको मल्लले जानकारी दिए।
वैशाख ३० गते मतदानका लागि आयोगले वैशाख ११ र १२ गते मनोनयनको मिति निर्धारण गरे पनि गठबन्धनमा आबद्ध दललाई भागवण्डा मिलाउनै सकस परेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…