अब राजा फर्कने सम्भावना सकियो- कमल थापा

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्कने सम्भावना सकिएको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पुराना नेतालाई धैर्यता रहुञ्जेल राजा बोक्न समेत सुझाएका छन्।

पुरानो पार्टीका नेताहरूसँग कुनै गुनासो नभएको उनले उल्लेख गरेका छन्।
नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरूसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरूको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ। विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ। तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो।’

पार्टीहरू असफल भएर राजा आउने होइन भन्दै एउटा पार्टी असफल भए अर्को आउने समेत उनले बताए।
‘राजा फर्कने अरू नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन। २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन’, उनले भनेका छन्।
उनले पुरानो पार्टी पनि आफैंले बनाएको घरमा आउने बताए।

‘मलाई थाहा छ, अन्ततः तपाईंहरू मेरै बाटोमा आउनुपर्छ। अहिले गालीगलौज र आरोपहरू खेपेर भए पनि तपाईंहरूको लागि म बलियो घर बनाएर राखिदिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नोस्,’ उनले भनेका छन्, ‘राजाको माया त लाग्छ, त्यसैले राजसंस्थाप्रति मेरो सम्मान सदैव रहिरहने छ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago