पूर्वाञ्चलर नेपाल बैंक विश्वविद्यालय बीच सम्झौता

काठमाडौं: नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बीच बैंकिङ्ग कारोवार गर्ने सम्बन्धी एक सम्झौतामा मिति २०७८ चैत्र २९ गते हस्ताक्षर भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थिहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुबिद्याहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविट/क्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने र विश्वविद्यालयको आबश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुबिद्या उपलब्ध गराउने सम्वन्धी सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गर्नुभएको थियो ।

इटहरीमा आयोजित एक समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईरालाले समयसंगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसंग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गर्दै भविश्यमा विश्वविद्यालय र बैंक बीचको यो सम्बन्ध थप सुदृठ हुंदै जाने विश्वास व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार श्री निलमणि पोख्रेलले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएको साथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र बैंकलाई अझ व्यवसायिक उचाईमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले वित्तीय कारोवारको लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालय प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो । नेपाल बैंक समय संगै गतिशिल बन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको उल्लेख गर्दै उहाँले नेपाल बैंकका उर्जाशिल कर्मचारीहरु र व्यवस्थापनको अथक मेहनत र परिश्रमले गर्दा बैंक प्रगतिपथमा लम्कीरहेको र सम्पूर्ण ग्राहकहरुलाई अझै उत्कृष्ट स्तरको वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना प्रमुख डा.कोमल प्रसाद दुलाल, विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा.निनराज ढकाल,पाठ्यक्रम विकास केन्द्र प्रमुख प्रा.डा.मेदनी प्रसाद शर्मा लगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । त्यसैगरि नेपाल बैंक १ नं प्रदेश कार्यालय प्रमुख श्री सुर्य प्रकाश भट्ट, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कंडेल लगायत मोरङ्ग र सुनसरी जिल्लामा रहेका नेपाल बैंकका बिभिन्न शाखाका शाखा प्रबन्धकहरु साथै कर्मचारीहरुको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago