पूर्वाञ्चलर नेपाल बैंक विश्वविद्यालय बीच सम्झौता

काठमाडौं: नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बीच बैंकिङ्ग कारोवार गर्ने सम्बन्धी एक सम्झौतामा मिति २०७८ चैत्र २९ गते हस्ताक्षर भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थिहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुबिद्याहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविट/क्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने र विश्वविद्यालयको आबश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुबिद्या उपलब्ध गराउने सम्वन्धी सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गर्नुभएको थियो ।

इटहरीमा आयोजित एक समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईरालाले समयसंगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसंग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गर्दै भविश्यमा विश्वविद्यालय र बैंक बीचको यो सम्बन्ध थप सुदृठ हुंदै जाने विश्वास व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार श्री निलमणि पोख्रेलले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएको साथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र बैंकलाई अझ व्यवसायिक उचाईमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले वित्तीय कारोवारको लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालय प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो । नेपाल बैंक समय संगै गतिशिल बन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको उल्लेख गर्दै उहाँले नेपाल बैंकका उर्जाशिल कर्मचारीहरु र व्यवस्थापनको अथक मेहनत र परिश्रमले गर्दा बैंक प्रगतिपथमा लम्कीरहेको र सम्पूर्ण ग्राहकहरुलाई अझै उत्कृष्ट स्तरको वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना प्रमुख डा.कोमल प्रसाद दुलाल, विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा.निनराज ढकाल,पाठ्यक्रम विकास केन्द्र प्रमुख प्रा.डा.मेदनी प्रसाद शर्मा लगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । त्यसैगरि नेपाल बैंक १ नं प्रदेश कार्यालय प्रमुख श्री सुर्य प्रकाश भट्ट, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कंडेल लगायत मोरङ्ग र सुनसरी जिल्लामा रहेका नेपाल बैंकका बिभिन्न शाखाका शाखा प्रबन्धकहरु साथै कर्मचारीहरुको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago