काठमाडौं: लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिभरपुलले सिटीलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे त्यस्तै इब्राहिम कोनाटेले एक गोल गरे ।

यता सिटीका लागि ज्याक ग्रेलिस र ब्रनान्डो शिल्भाले एक–एक गोल गरे । लिभरपुले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको नवौं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

४५ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–० ले अघि भयो । खेलको ४७ औं मिनेटमा सिटीका ग्रेलिसले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए । खेलको इन्ज्युरी समयमा सिटीका सिल्भाले गोल गरेपनि लिभरपुल ३–२ ले विजयी भयो । लिभरपुलले अब उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेस बीचको विजेतासँग खेल्नेछ । लिभरपुल सन् २०१२ पछि पहिलो पटक एफए कपको फाइनलमा प्रवेश गरेको हो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago