काठमाडौं: लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिभरपुलले सिटीलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे त्यस्तै इब्राहिम कोनाटेले एक गोल गरे ।

यता सिटीका लागि ज्याक ग्रेलिस र ब्रनान्डो शिल्भाले एक–एक गोल गरे । लिभरपुले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको नवौं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

४५ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–० ले अघि भयो । खेलको ४७ औं मिनेटमा सिटीका ग्रेलिसले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए । खेलको इन्ज्युरी समयमा सिटीका सिल्भाले गोल गरेपनि लिभरपुल ३–२ ले विजयी भयो । लिभरपुलले अब उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेस बीचको विजेतासँग खेल्नेछ । लिभरपुल सन् २०१२ पछि पहिलो पटक एफए कपको फाइनलमा प्रवेश गरेको हो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago