निर्वाचनमा एमालेले पाएको सफलतामा आफूहरुको हक लाग्ने!!

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन् । पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ०७४ सालको निर्वाचनमा एमालेले पाएको सफलतामा आफूहरुको हक लाग्ने बताए ।

‘(सत्ता गठबन्धनको) सबै दलले ०७४ सालको निर्वाचनमा भाग लिएका छन् । हामीले एमालेको नाउँमा भाग लिएका छौं, किन भने त्यो बेलामा हाम्रो पार्टी नेकपा एमाले थियो’ उनले भने, ‘त्यसकारण एमालेले प्राप्त गरेको सफलतामा हाम्रो हक लाग्छ, पहिलो हक लाग्छ ।’ अरु दलले चाहेर पनि नेकपा एमालेका कार्यकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै नेता नेपालले एमालेले जितेको पालिकामा एकीकृत समाजवादीका उम्मेदवारले मात्र जित्न सक्ने दावी गरे ।

‘त्यहाँ जित्नु छ भने हाम्रै उम्मेदवारले जित्न सक्छन् । एमालेको प्रभाव भएका मान्छे बरु हाम्रो नजिक हुन्छन्’ उनले भने, ‘यस बीचमा अरु पार्टी अगाडि बढेका छन् भने थोरै मतान्तरले जित हार भएको छ भने हामी ध्यान दिन्छौं । हामी जित्ने सुनिश्चित गर्ने गरी दाबा गर्नेछौं ।’

उनले कम्तीमा एक्लै ५० प्रतिशत शक्ति पुर्‍याएको स्थानीय तहमा मात्र नेतृत्व दावा गर्न सुहाउने बताए । गठबन्धनका कतिपय दलले १० प्रतिशत, २० प्रतिशत मतको आधारमा पनि पालिका दाबी गरिरहेको भन्दै अध्यक्ष नेपालले जित्ने भन्दा बढी स्थानमा दाबा गर्न नमिल्ने बताए ।

पोखरा महानगरपालिकाको मेयरमा आफूहरुले दाबी गर्दा खिसिट्युरी गरिएको भन्दै नेता नेपालले त्यहाँ आठ हजार भन्दा बढी पार्टी सदस्य रहेको दावी गरे । कपिलवस्तुको एक पालिकामा गत स्थानीय तह निर्वाचनमा १३४ मत ल्याएको दलले अहिले प्रमुख पद दाबी गरेको भन्दै नेता नेपालले यथार्थमा आधारित भएर दाबी गर्न आग्रह गरे । ‘फेरि चुनाव यस्तो बेला हो, जमानत जफत हने स्थिति भए पनि दुई तिहाइ बहुमतले जित्छु भन्दो रहेछ’ उनले भने ।

अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताए ।

‘अब कुनै पनि पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ, त्यो सँग हामी चुनावमा जान सक्छौं । पाँचवटै दलको बीचमा सहमति भएन भने जुन दलसँग सहमति हुन्छ, । र हामीलाई आत्मविश्वास हुन्छ हामी एक्लै पनि जित्न सक्छौं भन्ने कसैलाई लागेको छ भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्छ’ उनले भने ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago