निर्वाचनमा एमालेले पाएको सफलतामा आफूहरुको हक लाग्ने!!

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन् । पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ०७४ सालको निर्वाचनमा एमालेले पाएको सफलतामा आफूहरुको हक लाग्ने बताए ।

‘(सत्ता गठबन्धनको) सबै दलले ०७४ सालको निर्वाचनमा भाग लिएका छन् । हामीले एमालेको नाउँमा भाग लिएका छौं, किन भने त्यो बेलामा हाम्रो पार्टी नेकपा एमाले थियो’ उनले भने, ‘त्यसकारण एमालेले प्राप्त गरेको सफलतामा हाम्रो हक लाग्छ, पहिलो हक लाग्छ ।’ अरु दलले चाहेर पनि नेकपा एमालेका कार्यकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै नेता नेपालले एमालेले जितेको पालिकामा एकीकृत समाजवादीका उम्मेदवारले मात्र जित्न सक्ने दावी गरे ।

‘त्यहाँ जित्नु छ भने हाम्रै उम्मेदवारले जित्न सक्छन् । एमालेको प्रभाव भएका मान्छे बरु हाम्रो नजिक हुन्छन्’ उनले भने, ‘यस बीचमा अरु पार्टी अगाडि बढेका छन् भने थोरै मतान्तरले जित हार भएको छ भने हामी ध्यान दिन्छौं । हामी जित्ने सुनिश्चित गर्ने गरी दाबा गर्नेछौं ।’

उनले कम्तीमा एक्लै ५० प्रतिशत शक्ति पुर्‍याएको स्थानीय तहमा मात्र नेतृत्व दावा गर्न सुहाउने बताए । गठबन्धनका कतिपय दलले १० प्रतिशत, २० प्रतिशत मतको आधारमा पनि पालिका दाबी गरिरहेको भन्दै अध्यक्ष नेपालले जित्ने भन्दा बढी स्थानमा दाबा गर्न नमिल्ने बताए ।

पोखरा महानगरपालिकाको मेयरमा आफूहरुले दाबी गर्दा खिसिट्युरी गरिएको भन्दै नेता नेपालले त्यहाँ आठ हजार भन्दा बढी पार्टी सदस्य रहेको दावी गरे । कपिलवस्तुको एक पालिकामा गत स्थानीय तह निर्वाचनमा १३४ मत ल्याएको दलले अहिले प्रमुख पद दाबी गरेको भन्दै नेता नेपालले यथार्थमा आधारित भएर दाबी गर्न आग्रह गरे । ‘फेरि चुनाव यस्तो बेला हो, जमानत जफत हने स्थिति भए पनि दुई तिहाइ बहुमतले जित्छु भन्दो रहेछ’ उनले भने ।

अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताए ।

‘अब कुनै पनि पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ, त्यो सँग हामी चुनावमा जान सक्छौं । पाँचवटै दलको बीचमा सहमति भएन भने जुन दलसँग सहमति हुन्छ, । र हामीलाई आत्मविश्वास हुन्छ हामी एक्लै पनि जित्न सक्छौं भन्ने कसैलाई लागेको छ भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्छ’ उनले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago