पोखरा: नेकपा एमालेले कास्कीको रुपा गाउँपालिकाबाट हालकै अध्यक्ष नवराज ओझाले टिकट नटुंगिँदै भोट माग्न घरघरै पुग्न थालेका छन् । टिकटमा नाम सर्वसम्मतले सिफारिस भएपछि उनी भोट माग्न सक्रिय बनेका हुन् । ओझालाई अध्यक्षमा र उपाध्यक्ष लालसुब्बा गुरुङको नाम सर्वसम्मतले सिफारिस गरिएको छ ।
यससँगै सबै वडाका अध्यक्ष र सदस्यहरूको समेत सर्वसम्मत नाम सिफारिस गरिएको छ । नाम सिफारिस हुने बित्तिकै अध्यक्ष ओझाले आफूले पाएको सरकारी गाडी फिर्ता दिएर चुनावी प्रचारमा हिँडेका छन् ।
उनको नाम सिफारिस भए पनि पार्टीबाट टिकट टुंगिएको छैन । ओझाले उपाध्यक्ष गुरुङलाई समेत साथमै लिएर वडावडामा भेला र चुनाव प्रचार सुरु गरेका हुन् ।
एमालेले ओझालाई नै टिकट दिने लगभग सहमति छ । त्यसैले भोट माग्न हिँडेका हुन् । ‘सर्वसम्मत नाम सिफारिस भएकोले हामीलाई समस्या भएन । माथिबाट अरू नाम आउने सम्भावना खासै छैन,’ ओझाले भने, ‘हामी टिमसहित भोट माग्न हिँडेका छौं ।’ ओझाले यसअघिको निर्वाचनमा ८९५ मतान्तर सहित कांग्रेस उम्मेदवार प्रकाशमोहन खनाललाई पराजित गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…