पोखरा: नेकपा एमालेले कास्कीको रुपा गाउँपालिकाबाट हालकै अध्यक्ष नवराज ओझाले टिकट नटुंगिँदै भोट माग्न घरघरै पुग्न थालेका छन् । टिकटमा नाम सर्वसम्मतले सिफारिस भएपछि उनी भोट माग्न सक्रिय बनेका हुन् । ओझालाई अध्यक्षमा र उपाध्यक्ष लालसुब्बा गुरुङको नाम सर्वसम्मतले सिफारिस गरिएको छ ।

यससँगै सबै वडाका अध्यक्ष र सदस्यहरूको समेत सर्वसम्मत नाम सिफारिस गरिएको छ । नाम सिफारिस हुने बित्तिकै अध्यक्ष ओझाले आफूले पाएको सरकारी गाडी फिर्ता दिएर चुनावी प्रचारमा हिँडेका छन् ।

उनको नाम सिफारिस भए पनि पार्टीबाट टिकट टुंगिएको छैन । ओझाले उपाध्यक्ष गुरुङलाई समेत साथमै लिएर वडावडामा भेला र चुनाव प्रचार सुरु गरेका हुन् ।

एमालेले ओझालाई नै टिकट दिने लगभग सहमति छ । त्यसैले भोट माग्न हिँडेका हुन् । ‘सर्वसम्मत नाम सिफारिस भएकोले हामीलाई समस्या भएन । माथिबाट अरू नाम आउने सम्भावना खासै छैन,’ ओझाले भने, ‘हामी टिमसहित भोट माग्न हिँडेका छौं ।’ ओझाले यसअघिको निर्वाचनमा ८९५ मतान्तर सहित कांग्रेस उम्मेदवार प्रकाशमोहन खनाललाई पराजित गरेका थिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago