काठमाडौँ: ललितकला क्षेत्रका कलाकारको एक समूह आज काठमाडौँको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे । रङ्गैरङको पर्व होली अर्थात् फागूका अवसरमा उहाँहरुले त्यहाँबाट दृश्यपान गर्न सकिने प्रकृतिका उपहारलाई जलरङले क्यान्भास भरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बुद्धिष्ट संस्कृतिलाई मिथक बनाउँदै रङ्गिन सहरको परिकल्पना गरे । उनले आजको दिन रङको उत्सव भएकाले त्यसमा कल्पना भरेर आफूलाई आनन्द दिने रङ्गिन सहरको कला सिर्जना गरे।

पर्वको अबसरमा त्यसैलाई जोडेर आयोजना गरिने यस्ता कार्यक्रमले चाडपर्वको महत्वलाई अझ बढाइदिने र सिर्जनालाई थप प्रोत्साहन हुने हुँदा यसरी कार्यशाला आयोजना गर्न जरुरी रहेको लामा सुनाउँछन्। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा यहाँ आज फागु विशेष कला कार्यशाला भएको हो । उक्त समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक एनबी गुरुङ समाज, संस्कृति र कला एकअर्कामा अन्तरसम्बन्धित हुने भएकाले पनि संस्कृति र पर्वमा कला सिर्जनाले नयाँ आयाम थपिदिने सुनाउँछन्। त्यही निष्कर्षका साथ समाजले फागुपर्वको अवसरमा कला सिर्जना गरेको हो ।

आज रङको पर्व हो, हामी बाह्रै महिना रङ खेलाउने मान्छे आजको यो दिनलाई उत्सवमय किन नबनाउने भनेर कलाकारको समूह टोखा पुगेको कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष गुरुङले बताए । “एक त पर्वको अवसरमा शुभकामना आदानपदान पनि भयो, अर्काे रङको फेस्टिवलमा रङसँग जोडिएर केही गरौँ भन्ने भावनाका साथ कार्यशाला आयोजना गरेका हौँ”, कार्यक्रमबारे प्रस्टाए। आजको दिन सहरबजार थरिथरिका रङले सजिएका छन् । मानिसमात्रै होइन सडक, चोकचौतारा, घर बगैँचा नै रङ्गिन भएको छ ।

कलाकार सधैँ रङसँग खेल्ने गर्छन् । पर्वलाई अझै कलासँग जोड्दा महत्व थपिने कलाकारहरूको बुझाइ छ । टोखाको भ्यू–थलीबाट देखिने उपत्यकाको दृश्य लोभलाग्दो पनि छ । कुनै बेला उत्कृष्ट सडक निर्माण गरेको भनेर सामाजिक सञ्जालमा भाइरल भई टोखा नगरपालिकाले प्रशंसा बटुलेको उक्त स्थान साँच्चिकै रमणीय छ । सूर्याेदय र सूर्यास्तको सुन्दर दृश्यका साथै उपत्यकाको काँठ तथा प्राकृतिक दृश्यले उक्त क्षेत्र पुग्ने मानिसको मन लोभ्याइदिन्छ । यहाँ दैनिक आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी सुनाउँछन्। त्यसैले दर्जनौँ रेष्टुरेन्टहरू खुलेका छन् । अझै त्यहाँबाट उपत्यकालगायत क्षेत्रका दृश्यहरू सुन्दर देखिने भएकाले क्यान्भासमा रङ भर्न कलाकार पनि आतुर हुन्छन्।

आजको रङ्गिन पर्वमा कलाकारले त्यही दृश्यलाई समातेर जलरङ भरेका थिए । उक्त कला कार्यशालामा कलाकारहरू लामा र गुरुङसहित डिराम पाल्पाली, दीपेन्द्रमान बनेपाली, चन्द्रा श्रेष्ठ, प्रकाश मानन्धर, सुरेश स्याङ्तान, किरण सिगु, राजेन्द्र याकमी, नेमबहादुर तामाङ, उमेशचन्द्र अधिकारी, भीम श्रेष्ठलगायतले जलरङमार्फत दृश्यलाई क्यानभासमा कैद गरे।

यसपालि कोभिड–१९ को असर कम भएकाले पनि फागु थप उल्लासमय भएको थियो । त्यस क्षेत्रमा फागु खेल्न समूहसमूहमा युवाहरू पुगेका देखिए । ती दृश्यलाई पनि कलाकारले समेट्न भ्याएका छन् । कोरोनाका बेला अनलाइनमा सीमित कला कार्यशाला कोरोनाको प्रभाव कम हुँदै जाँदा खुलेर आयोजना हुन थालेका छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago