नेपालगञ्ज उपमहानगरको सौर्यबत्ती लगानी, बालुवामा पानी हाले जस्तै

बाँके: नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर बिस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् । ६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तिको मर्मतसम्भार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय नागरिकहरुले बताउँछन ।

सौर्यबत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत भएर बलेको देखिदैन । उपमहानगरपालिका भित्र दुई सय ५० ओटा सौर्यबत्ती जडान भएका छन् । तर, जडान भएका मध्ये अधिकांश बत्ती बल्दैनन् । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनका साथै पटक–पटक सडक दुर्घटना भएको समेत हुने गरेको छ । तर उपमहानगरपालिकाका जनप्रतिनिधिले भने खासै चोसो नदेखाएको स्थानीय ललितकुमार रौनियारले बताए । उनले सडकमा जडान गरिएका बत्ती बल्न छाडेकाले सडकमा हिड्ने मानिसहरु हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको बताए । उनले भने, ‘ सोलार बत्ती जडान गरिएको दुई, तीन महिना मज्जाले बल्यो, तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन, त्यसैले चाँडो भन्दा चाँडो सौर्यबत्तीको मर्मत गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।’ तर यता उप–महानगरपालिकाकी उपमेयर उमा थापामगरले भने उपमहानगरपालिकाले सडक बत्ती मर्मत कार्य गरिरहेको बताइन् ।

उनले उप–महानगरपालिका भित्र विग्रिएको सडक बत्ती मर्मतका लागि यो वर्ष २० लाख बजेट विनियोजन गरेको बताइन् । सौर्यबत्तीको एक बर्ष मात्र वारेन्टी हुने भएकाले सडक बत्ती विग्रने गरेको बताएको छ । उपमहानगरपालिकाको समन्वय र संसद कोषबाट नेपालगञ्जमा सौर्यबत्ती जडान गरिएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago