फाइल फोटो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले चुनाव लक्षित १५ दिने अभियान चलाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनकाअनुसार अभियानको नारा ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने तय गरिएको छ । त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यी नेतालाई जिम्मेवारी
प्रदेश नम्बर १ – प्रमेश हमाल, उपाध्यक्ष
मधेश प्रदेश – जगन्नाथ खतिवडा, उप माहासचिव
वाग्मती प्रदेश – गङ्गलाल तुलाधर, उप महासचिव
गण्डकी प्रदेश – जयन्ती राई, उपाध्यक्ष
लुम्विनी प्रदेश – बिजय पौडेल, उपमहासचिव
कर्णाली प्रदेश – बेदुराम भुषाल, महासचिव
सुदूरपश्चिम प्रदेश – रामचन्द्र झा, सचिवालय सदस्य
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…