हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख प्रशिक्षक हरि खड्कामाथि प्रहरी सेवामा छँदा ‘नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएको’ आरोपमा अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा ठहर भएको छ ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि उनले पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।
खड्कालाई अदालतले ५ हजार जरिवाना तोकेको रजिष्ट्रार अशोक क्षेत्रीले बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यसमेत रहेका खड्का महानगरीय प्रहरी गण नं.२ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिषण केन्द्र (केन्द्रीय खेलकुद समिति) मा प्रहरी नायव निरीक्षकका रुपमा कार्यरत रहँदा शैक्षिक योग्यता ‘आईए’को प्रमाणपत्र नक्कली पेस गरेको अदालतले ठहर गरेको हो ।

उनले भारतको उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईए) को झुट्टा प्रमाणपत्र पेस गरी २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानसमेत रहेका खड्का पुरुष टिमको लागि सर्वाधिक गोलकर्ता पनि हुन् । उनीसँगै निराजन रायमाझीले अन्तर्राष्ट्रिय प्रतियोगितामा १३–१३ गोल गरेका छन् । चर्चित् फरवार्ड खड्काले प्रशिक्षक र व्यवस्थापकको रुपमा केही वर्ष पुलिस टिम सम्हालेपछि प्रहरी सेवाबाट पेन्सन पाक्न लागेको अवस्थामा राजीनामा दिएका थिए ।

एन्फा निर्वाचनमा प्रशिक्षक संघको अध्यक्षमा विनोद लामासँग पराजित भएका खड्का चुनावपछि सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक भएका थिए । एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा महिला फुटबल प्रमुखमा नियुक्त भएपछि उनले प्रशिक्षकबाट हटेका थिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago