रुपन्देही प्रहरीद्वारा ८६ लाखको अवैध सामान बरामद

बुटवलः रुपन्देही प्रहरीले ८६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार ८६ लाख आठ हजार ६०० रुपैयाँ बराबरको अवैध जुत्ता चप्पल बरामद गरी आवश्यक कारबाहीका लागि पिकअप गाडी र दुईजना व्यक्तिलाई सम्बन्धित निकायमा पठाएको छ ।

प्रहरीले बिहीबार दिउँसो साढे १२ बजेको समयमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १ तिनाउपुलमा लु१ज ३१६७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १२ लाख मूल्य बराबरको १८८ जोर जुत्ता र थान कपडा १२ सय ९६ मिटर बरामद गरेको हो ।

त्यसक्रममा पिकअप चालक कृष्ण थापा र गाडीमा सवार तुलसी थारुलाई प्रहरीले नियन्त्रणमा लिई सामान सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाएको छ ।

साथै उक्त अवैध सामान भण्डारण गर्ने गरिएको अवैध गोदामलाई पहिचान गरी जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ५ विकास पथ स्थित रहेको गोदाममा कार्यालयबाट खटिएको प्रहरी टोली र राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।

त्यसक्रममा गोदामभित्र अवैध रूपमा राखिएका ६ हजार १३४ जोर ३१ कार्टुन विभिन्न किसिमका जेन्स तथा लेडिल जुत्ताहरू, पाँच हजार २५० जोर विभिन्न किसिमका जेन्स तथा लेडिज चप्पलहरू र ३२५ जोर सेण्डिल गरी कुल जम्मा ७४ लाख आठ हजार ६०० रुपैयाँ बराबरको सामान बरामद गरी राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago