गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायिक उडान सुरु गर्ने तयारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यवसायिक उडानको तयारी गरिने जानकारी दिएको हो ।

फाइल फोटो

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने बताए । अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि आवश्यक प्याकेज ल्याउने पनि उनले जानकारी दिए ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले केही वर्षमा यात्रुको संख्या धान्न नसक्ने भएकाले यसको बिकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने उनले बताए । महानिर्देशक अधिकारीले बिमानस्थल सञ्चालनसँगै काठमाडौंमा हुने डाइभर्ट उडानलाई पनि सहज हुने धारणा राखे ।

उनले अर्को टर्मिलन भवन निर्माणका लागि छिटै बोलपत्र आह्वान गरिने र आगामी असोजबाट सुरु हुने जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि विहीबार नै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । उक्त बिमानस्थल सन २०१४ मा निर्माण सुरु भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago