गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायिक उडान सुरु गर्ने तयारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यवसायिक उडानको तयारी गरिने जानकारी दिएको हो ।

फाइल फोटो

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने बताए । अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि आवश्यक प्याकेज ल्याउने पनि उनले जानकारी दिए ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले केही वर्षमा यात्रुको संख्या धान्न नसक्ने भएकाले यसको बिकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने उनले बताए । महानिर्देशक अधिकारीले बिमानस्थल सञ्चालनसँगै काठमाडौंमा हुने डाइभर्ट उडानलाई पनि सहज हुने धारणा राखे ।

उनले अर्को टर्मिलन भवन निर्माणका लागि छिटै बोलपत्र आह्वान गरिने र आगामी असोजबाट सुरु हुने जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि विहीबार नै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । उक्त बिमानस्थल सन २०१४ मा निर्माण सुरु भएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago