देउवा विदेशी कम्पनीसामु लम्पसार परे : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले १४ वर्षदेखि अलपत्र माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरलाई थप समय दिने निर्णयमा आपत्ति जनाएका छन् ।

फाइल फोटो

बिहीबार विज्ञप्ति जारी गरेर रावलले वित्तीय व्यवस्थापन लगायतका कामका लागि जीएमआरलाई फेरि दुई वर्षको समयावधि थप्ने निर्णयमा आपत्ति जनाएका हुन् ।

काम नगर्ने कम्पनीसँग सम्झौता तोड्नुको सट्टा समय थप्नु राष्ट्रिय हितमाथिको कुठाराघात भएको उनको तर्क छ । ‘आयोजना विकास सम्झौता गरेको सात वर्ष वितिसक्दा आयोजनाको काममा जोड दिनुको साटो सम्झौताका प्रावधान विपरीत म्याद थप्नु प्रम शेरबहादुर देउवाले नेपालको राष्ट्रिय हितमाथि कुठाराघात गरेको र विदेशी कम्पनीका सामु लम्पसार परेको ठहर्छ,’ रावलले भनेका छन् ।

सम्झौताको तोकिएको अवधिभित्र काम नगर्दा थप्ने समय घटाएर पनि मोटामोटी हिसाब गर्दा जीएमआरले प्रतिमेघावाट प्रतिदिन १३८९ रुपैयाँका दरले नेपाललाई हालसम्म झण्डै डेढ अर्ब हर्जाना तिर्नुपर्ने उनको ठहर छ ।

जीएमआरले आयोजना नबनाउने केवल ओगटेर नेपालको उर्जा विकासमा अवरोध सिर्जना गरेको भन्दै रावलले देउवाले राष्ट्रिय हित र सम्झौताका प्रावधान विपरीत थप दुई वर्ष समय दिने निर्णय खेदजनक रहेको उल्लेख गरेका छन् ।

‘सम्झौता विपरीत माथिल्लो कर्णाली जलविद्युत आयोजनामा राष्ट्रिय हितमा गरिएको आघातको निन्दा गर्दै यसलाई सच्याउन माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । माथिल्लो कर्णाली देशमै सबैभन्दा कम लागतमा ९ सय मेघावाट विद्युत उत्पादन गर्न सकिने आयोजना भए पनि विदेशी कम्पनीले आफ्नो स्वार्थमा १४ वर्ष अल्झाउँदा विकासमा अवरोध गरेको रावलले उल्लेख गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago