फाइल फोटो
काठमाडौं । पोखरास्थितको फेवाताल किनारबाट सराङकोट डाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार भोलि शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।
अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका-१८ को सेदीबाट सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो। कम्पनीका सिनियर अपरेसन म्यानेजर डिल्ली नारायण कायस्थकाअनुसार केबुलकार सञ्चालनपछि फेवातालको किनारबाट केबुलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाउनेछन्।
उनकाअनुसार आगामी नयाँ वर्षमा ‘ग्रान्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म केबुलकारको व्यावसायिक सञ्चालन हुनेछ। सामान्यतया फेवातालबाट सराङकोट जान गाडीमा करिब ४५ मिनेट समय लाग्छ। तर केबुलकार सञ्चालनमा आएसँगै फेवातालको किनारबाट झन्डै नौ मिनेटमा सराङकोट पुग्न सकिने कायस्थले सेतोपाटीलाई बताए। यसका लागि प्रतिव्यक्ति टिकट सात सय रुपैयाँ पर्नेछ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भाडामा विशेष छुटको व्यवस्था छ।
केबुलकार निर्माणको काम २०७३ सालबाट सुरू भएको हो। दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना कम्पनीको थियो। तर कोरोना माहामारी र अन्य विभिन्न कारण निर्माण प्रक्रिया लम्बिएको कायस्थ बताउँछन्। ‘झन्डै दुई वर्ष कोरोनाकै कारण समस्या भयो।त्यसका बाबजुत हामीले काम सकेका छौं,’ उनले भने। उनकाअनुसार केबुलकारमा जडान गरिएका उपकरण प्रविधि-मैत्री छन्। जापानको ‘निप्पल केबल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ। कायस्थका अनुसार केबुलकार निर्माणका लागि २ अर्ब रुपैयाँ लगानी भएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…