फेवाताल-सराङकोट जोड्ने केबुलकार भोलिबाट सञ्चालनमा आउँदै

काठमाडौं पोखरास्थितको फेवाताल किनारबाट सराङकोट डाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार भोलि शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।

फाइल फोटो

अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका-१८ को सेदीबाट सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो। कम्पनीका सिनियर अपरेसन म्यानेजर डिल्ली नारायण कायस्थकाअनुसार केबुलकार सञ्चालनपछि फेवातालको किनारबाट केबुलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाउनेछन्।

उनकाअनुसार आगामी नयाँ वर्षमा ‘ग्रान्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म केबुलकारको व्यावसायिक सञ्चालन हुनेछ। सामान्यतया फेवातालबाट सराङकोट जान गाडीमा करिब ४५ मिनेट समय लाग्छ। तर केबुलकार सञ्चालनमा आएसँगै फेवातालको किनारबाट झन्डै नौ मिनेटमा सराङकोट पुग्न सकिने कायस्थले सेतोपाटीलाई बताए। यसका लागि प्रतिव्यक्ति टिकट सात सय रुपैयाँ पर्नेछ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भाडामा विशेष छुटको व्यवस्था छ।

केबुलकार निर्माणको काम २०७३ सालबाट सुरू भएको हो। दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना कम्पनीको थियो। तर कोरोना माहामारी र अन्य विभिन्न कारण निर्माण प्रक्रिया लम्बिएको कायस्थ बताउँछन्। ‘झन्डै दुई वर्ष कोरोनाकै कारण समस्या भयो।त्यसका बाबजुत हामीले काम सकेका छौं,’ उनले भने। उनकाअनुसार केबुलकारमा जडान गरिएका उपकरण प्रविधि-मैत्री छन्। जापानको ‘निप्पल केबल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ। कायस्थका अनुसार केबुलकार निर्माणका लागि २ अर्ब रुपैयाँ लगानी भएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago