नक्कली प्रमाणपत्र मुद्दामा हरि खड्का दाेषी ठहर

काठमाण्डाै विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ ।

फाइल फोटो

नेपाली प्रहरीमा जागिर खाँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको ठहर गर्दै विशेष अदालतका न्यायाधीश अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले आज बिहीवार खड्कालाई दोषी ठहर गरेको प्रवक्ता तथा उपरजिस्टार दीपेन्द्रनाथ योगीले उज्यालोलाई जानकारी दिनुभयो ।

खड्कालाई पाँच हजार रुपैयाँ जरिबाना हुने र खाइपाइ आएको सरकारी सेवा सुविधा पनि रोकिने प्रवक्ता योगीले जानकारी दिनुभयो । खड्काको मुद्दामा कैद सजायको व्यवस्था भने नरहेको उहाँले बताउनुभयो ।

हरि खड्काले प्रहरी सहायक निरीक्षकको जागिर खाँदा पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago