नक्कली प्रमाणपत्र मुद्दामा हरि खड्का दाेषी ठहर

काठमाण्डाै विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ ।

फाइल फोटो

नेपाली प्रहरीमा जागिर खाँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको ठहर गर्दै विशेष अदालतका न्यायाधीश अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले आज बिहीवार खड्कालाई दोषी ठहर गरेको प्रवक्ता तथा उपरजिस्टार दीपेन्द्रनाथ योगीले उज्यालोलाई जानकारी दिनुभयो ।

खड्कालाई पाँच हजार रुपैयाँ जरिबाना हुने र खाइपाइ आएको सरकारी सेवा सुविधा पनि रोकिने प्रवक्ता योगीले जानकारी दिनुभयो । खड्काको मुद्दामा कैद सजायको व्यवस्था भने नरहेको उहाँले बताउनुभयो ।

हरि खड्काले प्रहरी सहायक निरीक्षकको जागिर खाँदा पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago