प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने निर्णय

काठमाडौं । नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

फाइल फोटो
थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी छन्।

थप भएको दरबन्दीमा बढुवा हुनका लागि डीआईजी पन्त, कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीको लबइङ तीब्र छ । उनीहरुमध्ये पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् ।

सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजी बनिसकेका छन् ।

हालका आईजीपी थापाले १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् । उनको अवकाशपछि विश्वराज, सहकुल र अहिले एआईजीमा बढुवा हुने उनको टोलीका अधिकृतमध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago