त्रिभुवन विश्वविद्यालयको तालाबन्दी विरुद्ध प्राध्यापकको प्रर्दशन

२०७८, ५ फाल्गुन बिहीबार १६:४४

काठमाडौँ त्रिभुवन विश्वविद्यालयमा गत एक महिनादेखि भईरहेको तालाबन्दीको विरुद्ध बिहिबार प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।

फाइल फोटो

नेपाल प्रगतिशिल प्राध्यापक संगठनको अगुवाईमा उपकुलपति कार्यालय परिसरमा प्रर्दशन गरिएको हो । तालाबन्दी अन्त्य हुनुपर्ने र विश्वविद्यालयका समस्या वार्ता/संवादबाट समाधान गरिनुपर्ने उनीहरुको माग छ ।

यसअघि त्रिविका कर्मचारीले पनि तालाबन्दीको विरोधमा विज्ञप्ति जारी गरेका थिए । त्रिविको उपकुलपति, रजिष्ट्रार, रेक्टर, सेवा आयोग कार्यालयमा सत्तारुढ नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापक संघले तालाबन्दी गरेका हुन् ।

नेविसंघले जनकपुरको युथ क्याम्पसको सम्बन्धन खारेजीमा घुस मागिएको बिषयमा छानविन हुनुपर्ने माग राखेर तालाबन्दी गरेको हो । तर नेविसंघको तालाबन्दीले छानविन समेत प्रभावित भएको छ ।

त्यस्तै, आंशिक प्राध्यापकले करारमा र करारका प्राध्यापकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनुपर्ने माग राखेका छन् । पटक/पटको तालाबन्दीले विश्वविद्यालयको शैक्षिक, भौतिक लगायतका योजना प्रभावित भएको भन्दै विश्वविद्यालयलाई पनि खुलाउन सार्वजनिक अपिल गरेको छ

Comments

ताजा खबर