गठबन्धन संकटमा परेका देउवा–प्रचण्ड भेट, निर्णायक बैठक ५ बजेलाई सर्‍यो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीवार बिहान भेटवार्ता भएको छ ।

फाइल फोटो

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर गठबन्धन टुट्ने आशंकाबीच दुई नेताबीच छलफल भएको हो । दुई नेताको छलफलपछि दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धनको बैठक ५ बजेका लागि सारिएको प्रचण्डको सचिवालयले लोकान्तरलाई जानकारी दियो ।

गठबन्धनमा सहमति नगरी सरकारले एकतर्फी ढंगले एमसीसी अगाडि बढाउन खोजेको भन्दै माओवादीले सरकार छाड्ने चेतावनी दिइसकेको छ । बिहीवारको भेटमा पनि प्रचण्डले एमसीसीलाई निर्वाचनभन्दा पछाडि सार्न प्रस्ताव गरेका थिए ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago