नारायणघाट–बुटवल सडकको एडिबी राष्ट्रिय निर्देशकद्वारा निरीक्षण

बुटवल । एसियाली विकास बैंक (एडिबी)का राष्ट्रिय निर्देशक आर्नो कोस्वाले नारायणघाट–बुटवल सडकको स्थलगत अवलोकन गरेका छन् । सासेक सडक सुधार आयोजनाअन्तर्गतको यस सडकको ३ र ४ फागुनमा भ्रमण गरेका हुन् ।  कोस्वाले चारवटा पुल निर्माणस्थल, क्रसर प्लान्ट क्षेत्र, ब्याचिङ प्लान्टस्थल, श्रमिक तथा ठेकेदार क्याम्पस्थलको अवलोकन गरे ।

फाइल फोटो

भ्रमणको क्रममा लुम्बिनी प्रदेशको आर्थिक मामिलामन्त्री, भौतिक पूर्वाधारमन्त्री, बुटवलका मेयर, उच्च सरकारी अधिकारी र स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका छन् । अवलोकनपछि सडक निर्माण र मर्मत–सम्भार कार्यले पछिल्ला महिनाहरूमा गति लिएको र यसलाई अझै तीव्रता दिनुपर्ने आवश्यकता देखिएको कोस्वाको भनाइ छ । ‘आयोजना टिम, परामर्शदाता तथा ठेकेदारसँग रचनात्मक छलफल भएको छ र यससँगै स्रोत तथा निर्माण सामग्रीसँग सम्बन्धित सवाल छिट्टै समाधान हुनेछन् भन्नेमा म विश्वस्त छु’ उनले भने । बैठकमा कोस्वाले सन् २०२१ को बाढीका कारण पुल क्षतिग्रस्त भएको ठाउँमा आगामी वर्षाभन्दा पहिले नै पुल निर्माण सम्पन्न गरिसक्न आवश्यक भएकोमा जोड दिए ।

यस सडकखण्डको निर्माण तथा स्तरोन्नति सम्पन्न भएसँगै मानिस तथा वस्तु ढुवानी सहज भई क्षेत्रीय बजार पहुँचमा सुधारले अर्थतन्त्रलाई लाभ प्रदान गर्ने अपेक्षा छ । ‘अब ढिलाइ स्वीकार्य हुँदैन, र आयोजनामा संलग्न सबैले यो रणनीतिक सडक सञ्जाललाई तोकिएको समयमा सम्पन्न गर्न सहकार्य गर्नुपर्छ’ उनले भने ।

आयोजना निर्देशक ढकालले कोभिड–१९ महामारीले काममा केही हदसम्म बाधा पुर्‍याएको बताए । ‘खासगरी निर्माणस्थलमा पर्ने रूख कटान र बिजुलीका पोल सार्ने कार्यमा ढिलाइले आयोजनाको प्रगतिमा अवरोध पुर्‍याएको हो’ उनले भने । अहिले यी समस्या करिब समाधान भइसकेका र ठेकेदारलाई निर्माण कार्यलाई तीव्रता दिन र ढिलाइ भएको समयलाई समेत पूर्ति गर्ने गरी उनीहरूको साधनस्रोत परिचालन गर्न आग्रह गरेको उनले जानकारी दिए ।

एडिबीको वित्तीय सहयोगमा आयोजना नेपालमा १५४ किमि रणनीतिक सडक सञ्जाल (त्यसमध्ये ११३ किमी पूर्व–पश्चिम राजमार्गको हिस्सा) स्तरोन्नति हुँदै छ र यसले देशको आन्तरिक र क्षेत्रीय यातायात सम्पर्कमा सुधार हुनेछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago