तीन महिनामा आठ प्रतिशतले मूल्यवृद्धि हुने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं ।आउँदो तीन महिनामा मूल्य वृद्धिदरमा चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले यस्तो देखाएको हो

फाइल फोटो

। सर्वेक्षणमा सहभागी उत्तरदाताले आउँदो तीन महिनाभित्र मूल्य वृद्धिदर आठ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुनसक्ने अनुमान गरेको छ । यद्यपी हालको लागि यसअघि असोजमा गरिएको प्रक्षेपणभन्दा यो दुई प्रतिशत बिन्दुले कम हो । एक वर्षका लागि उपभोक्ताको अनुमान यसअघिकै बराबर छ ।

यसअघि राष्ट्र बैंकले तीन महिनामा १०.६ प्रतिशत र एक वर्षमा ११.३ प्रतिशतले मूल्य वृद्धि हुन सक्ने अनुमान गरेका थियो । आगामी तीन महिनामा अन्न, दाल, घ्यू, दूध, माछामासुको मूल्यमा असोजमा गरिएको प्रक्षेपणभन्दा वृद्धि हुने, तर घरजग्गाको मूल्य घट्ने अनुमान गरेका छन् । होटेल तथा रेस्टुरेन्टमा हुने मूल्य वृद्धि पनि असोजमा गरिएको प्रक्षेपणभन्दा आगामी तीन महिनाका लागि गरिएको प्रक्षेपण कम हुने सर्वसाधारणको अनुमान छ ।

सर्वेक्षणमा सहभागी उत्तरदाताहरूमध्ये करिब ९२ प्रतिशतले आगानी तीन महिनामा र करिब ९७ प्रतिशतले आगामी एक वर्षमा मूल्य बढ्ने प्रक्षेपण गरेका छन् । राष्ट्र बैंकले गत असोज २१ देखि २७ गतेसम्ममा मुलुकभरका १७ वटा ठूला सहरी क्षेत्रका १४ वटा बजारबाट विभिन्न उमेरसमूहका उपभोक्तासँग स्थलगत अन्तर्वार्ता गरेर सर्वेक्षण तयार पारेको हो । सोहीक्रममा सहरी क्षेत्रका सात सय २० व्यक्तिगत उपभोक्ताबाट प्राप्त उत्तरका आधारमा सर्वेक्षणको नतिजा निकालिएको हो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago