फाइल फोटो
काठमाडौं ।आउँदो तीन महिनामा मूल्य वृद्धिदरमा चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले यस्तो देखाएको हो
। सर्वेक्षणमा सहभागी उत्तरदाताले आउँदो तीन महिनाभित्र मूल्य वृद्धिदर आठ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुनसक्ने अनुमान गरेको छ । यद्यपी हालको लागि यसअघि असोजमा गरिएको प्रक्षेपणभन्दा यो दुई प्रतिशत बिन्दुले कम हो । एक वर्षका लागि उपभोक्ताको अनुमान यसअघिकै बराबर छ ।
यसअघि राष्ट्र बैंकले तीन महिनामा १०.६ प्रतिशत र एक वर्षमा ११.३ प्रतिशतले मूल्य वृद्धि हुन सक्ने अनुमान गरेका थियो । आगामी तीन महिनामा अन्न, दाल, घ्यू, दूध, माछामासुको मूल्यमा असोजमा गरिएको प्रक्षेपणभन्दा वृद्धि हुने, तर घरजग्गाको मूल्य घट्ने अनुमान गरेका छन् । होटेल तथा रेस्टुरेन्टमा हुने मूल्य वृद्धि पनि असोजमा गरिएको प्रक्षेपणभन्दा आगामी तीन महिनाका लागि गरिएको प्रक्षेपण कम हुने सर्वसाधारणको अनुमान छ ।
सर्वेक्षणमा सहभागी उत्तरदाताहरूमध्ये करिब ९२ प्रतिशतले आगानी तीन महिनामा र करिब ९७ प्रतिशतले आगामी एक वर्षमा मूल्य बढ्ने प्रक्षेपण गरेका छन् । राष्ट्र बैंकले गत असोज २१ देखि २७ गतेसम्ममा मुलुकभरका १७ वटा ठूला सहरी क्षेत्रका १४ वटा बजारबाट विभिन्न उमेरसमूहका उपभोक्तासँग स्थलगत अन्तर्वार्ता गरेर सर्वेक्षण तयार पारेको हो । सोहीक्रममा सहरी क्षेत्रका सात सय २० व्यक्तिगत उपभोक्ताबाट प्राप्त उत्तरका आधारमा सर्वेक्षणको नतिजा निकालिएको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…