ब्राजिलमा पहिरो र भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। ब्राजिलको पेत्रोपोलिसमा पहिरो तथा भलबाढीले ठूलो क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रियो दी जेनेरियोको उत्तरी क्षेत्रको पहाडी इलाकामा पर्ने पेत्रोपोलिस बजार पहिरोका कारण प्रभावित भएको छ। मुसलधारे वर्षाका कारण सो क्षेत्रमा पहिरो तथा भलबाढी आएको स्थानीय अधिकारीले बताएका छन्।

पहाडी बजारका घरहरु पहिरोले बगाएको तथा बाढीको भेलले सडकमा रहेका कारहरु सँगै लगेको थियो।

पेत्रोपोलिस सहरका मेयरले आपतकालीन अवस्था घोषणा गरेका छन्। पहिरो तथा बाढीको लेदोमा पुरिएकाहरुको खोजी तथा उद्धारको काम जारी रहेको छ। २४ जनाको जीवितै उद्धार गरिएको ब्राजिलको नेशनल सिभिल डिफेन्सले जनाएको छ। खोजी तथा उद्धारका लागि १८० जनाभन्दा बढी सैनिक रहेको विशेष टोली बनाइएको छ।

हाल रुसको भ्रमणमा रहेका राष्ट्रपति जायर बोल्सोनारोले प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्ने बताएका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago