ब्राजिलमा पहिरो र भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। ब्राजिलको पेत्रोपोलिसमा पहिरो तथा भलबाढीले ठूलो क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रियो दी जेनेरियोको उत्तरी क्षेत्रको पहाडी इलाकामा पर्ने पेत्रोपोलिस बजार पहिरोका कारण प्रभावित भएको छ। मुसलधारे वर्षाका कारण सो क्षेत्रमा पहिरो तथा भलबाढी आएको स्थानीय अधिकारीले बताएका छन्।

पहाडी बजारका घरहरु पहिरोले बगाएको तथा बाढीको भेलले सडकमा रहेका कारहरु सँगै लगेको थियो।

पेत्रोपोलिस सहरका मेयरले आपतकालीन अवस्था घोषणा गरेका छन्। पहिरो तथा बाढीको लेदोमा पुरिएकाहरुको खोजी तथा उद्धारको काम जारी रहेको छ। २४ जनाको जीवितै उद्धार गरिएको ब्राजिलको नेशनल सिभिल डिफेन्सले जनाएको छ। खोजी तथा उद्धारका लागि १८० जनाभन्दा बढी सैनिक रहेको विशेष टोली बनाइएको छ।

हाल रुसको भ्रमणमा रहेका राष्ट्रपति जायर बोल्सोनारोले प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्ने बताएका छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago