एमसिसीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै : सत्ता गठबन्धन भत्किने सम्भावना, के होला एमालेको चाहना ?

 एमसिसीको विषयले संकटमा परेको सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने तय गरिएको छ।

बैठकले एमसिसी शुक्रबार बस्ने संसदमा टेबुल गर्ने वा नगर्ने निक्र्योल गर्ने बुझिएको छ। तर सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच एमसिसीबारे सहमति हुने सम्भावना छैन। कांग्रेसले एमसिसी संसदमा प्रस्तुत गर्न जोड दिइरहेको छ भने माओवादी र एकीकृत समाजवादी विपक्षमा उभिएका छन्। सत्ता गठबन्धनमा आवद्ध जनमोर्चा भने एमसिसी खारेज नै गर्नुपर्ने पक्ष छ। जनता समाजवादीले भने अहिलेसम्म स्पष्ट धारणा बनाएको छैन।

यस्तो स्थितिमा सत्ता गठबन्धन एक भइरहने सम्भावना नरहेको गठबन्धनमा आवद्ध एक दलका नेताले बताए। उनका अनुसार प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार एमसिसीकै कारण सत्ता गठबन्धन छिन्नभिन्न हुने सम्भावना बढेको छ।

माओवादी केन्द्रले यथास्थितिमा एमसिसी संसदमा टेबल गर्न नसकिने, संसदको अवरोध अन्त्य हुनुपर्ने र एमसिसी संशोधन हुनुपर्ने संसदीय दलबाटै निर्णय गरेको छ। यथास्थितिमा एमसिसी पारित गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रले निर्णय गरेको छ। माओवादी केन्द्र एससिसीविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको छ। एकीकृत समाजवादीले समेत बुधबार एमसिसीविरुद्ध आन्दोलनमा उत्रिएको छ।

प्रधानमन्त्री एवं सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा एमसिसी संसदमा टेबुल गर्न नै माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले नदिए गठबन्धन त्याग्ने निष्कर्षमा पुगेको उनी बताउँछन्।

‘सत्ता गठबन्धनका दलहरुले सहयोग नगरे उनीहरुसँग सहकार्य गरिरहन आवश्यक छैन भन्ने निष्कर्षमा प्रधानमन्त्री पुगिसकेका छन्’, उनले भने, ‘उहाँ एमालेको साथ लिएर एमसिसी पारित गर्ने पक्षमा पुगिसक्नुभएको छ।’

एमाले अध्यक्ष ओलीले गठबन्धन तोडे आफूले एमसिसीमा सहयोग गर्ने देउवालाई भन्दै आएका छन्। त्यस्तै माओवादी र एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छोडे प्रधानमन्त्रीको कुसी जोगाइदिनसम्म एमाले तयार रहेको ओलीले देउवालाई आश्वासन दिएका छन्। तर ओलीकाे आश्वासनमा नफस्न र तत्काल सत्ता गठबन्धन नतोड्न प्रधानमन्त्री देउवालाई कांग्रेसभित्रबाटै दबाब दिइँदै आएको छ।

यस्तो स्थितिबाट पार पाउन आज सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बुधबार माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले बिहीबार दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बोलाउने सहमति गरेका थिए।

उक्त भेटपछि बुधबारको संसद बैठकमा एमसिसी प्रस्ताव टेबल गर्ने प्रक्रिया रोकिएको थियो। कांग्रेस बुधबारकै संसद बैठकमा एमसिसी टेबल गर्ने पक्षमा थियो। उसले संसदीय दलबाट एमसिसी सदनबाट पारित गराउने निर्णय पनि गराइसकेको छ। तर संसद बैठकअघि भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी प्रस्ताव टेबल गर्नेबारे सहमति जुटेन।

शुक्रबार पुनः संसद बैठक बस्दैछ। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बस्ने संसद बैठकमा एमसिसी प्रस्ताव टेबल हुने बताएका छन्। यसका लागि आज बस्ने सत्ता गठबन्धनको बैठकले सहमतिको आधारमा निर्णय गर्नुपर्छ। सत्ता गठबन्धनले निर्णय नगरे एमालेको सहयोगमा एमसिसी संसदमा टेबल गर्ने बाटोमा कांग्रेस अघि बढ्ने सम्भावना रहेको राजनीतिक पर्यवेक्षकहरु बताउँछन्।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago