कुन्तीको जवाफः समस्या समाधान गर्न सक्नुहुन्न भने राजीनामा दिनुस्

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं २ बाट उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधि जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छन्।

उनले शुक्रवार कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको भनेर झुटो आरोप लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्ने जनप्रतिनिधिले पदमा बसिरहन नमिल्ने बताइन्।

दशक बितिसक्दासमेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए। त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा कुन्ती पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाए।

उनले जनप्रतिनिधिले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले नागरिकको साथ दिएको दाबी गरिन्। उनले नागरिकका समस्या समाधान नभएसम्म आफू नागरिकसँगै रहने भन्दै नागरिकका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रुपमा लिएको भए यस्ता अवरोध बारम्बार हुने चेतावनीसमेत दिइन्।

नेत्री पोखरेलले नगरप्रमुखसँग स्थानीले बारम्बार सडकका लागि पहल गर्न आग्रह गरे पनि मेयरले बेवास्ता गरेको आरोप लगाइन्। उनले सडक नबनेका कारण सडक आन्दोलन गर्नुपरेको भन्दै दबाब नदिकन विकास निर्माण कहिले हुने ? भन्दै प्रश्नसमेत गरिन्।

उनले भनिन्, ‘कागेश्वरी मनोहराको नगरप्रमुखले कुन्ती पोख्रेलको कारणले बन्दै गरेको बाटो अवरुद्ध भयो भन्नुभएको रहेछ। आन्दोलन २२ गतेबाट शुरु भएको हो। त्यहाँका स्थानीय बासिन्दाले आन्दोलन शुरु गर्नुभएको हो। म त्यहाँ जाँदा र उहाँहरुका कुरा सुन्दा आन्दोलनमा बसेर मैले स्थानीयको साथ दिएकी हुँ। १० वर्षदेखि त्यहाँका स्थानीय वासिन्दामा स्वास्थ्यमा ठूलो लापरबाही भइरहेको छ। मेयर साबले विधि, पद्धतिका कुरा गर्नुभयो, ८, १० वर्षसम्म विधि, पद्धति कुरेर बस्ने हो र ? ठेकेदारलाई उहाँले काम अह्राउन किन सक्नुभएन ? हामीले सडक विभाग जानको लागि पटकपटक भनिरहेका थियौँ। तर उहाँहरु भागेर हिँड्नु भयो। हाम्रा कुरा नसुनेपछि हामीले नगरमा गएर ताल्चा लगाउने काम गरेका हौँ।

विज्ञप्तीमा कुन्ती पोखरेलको कारणले भन्नुभएको छ, सडक अवरुद्ध भयो भनेर। बन्दै नबनेको सडक कसरी अवरुद्ध भयो ? बाटो नबनेको कारणले सडक आन्दोलन गरेका थियौँ। आन्दोलनपछि धुलो उड्न नदिने र अलकत्रा छर्ने काम भयो। यो स्थिति कहिलेसम्म। दबाब नदिकन केही नहुने हो र ? थलीको केसमा उदाहरण नै भएको छ। स्थानीयको समस्यालाई तपाईले बाधा, व्यवधान भन्ने बुझ्नुहुन्छ भने सजग हुनुस्। स्थानीयको दुःख,सुखमा साथ दिन म अघि बढेको छु। स्थानीय समस्यालाई अवरोध ठान्नुहुन्छ भने जनताका समस्या बारम्बार आउँदा कुन्ती पोखरेल हरेक कुरामा अवरोधका लागि खडा हुनेछु। समस्या समाधान गर्ने तपाईको जिम्मेवारी हो। जिम्मेवारीबाट मेयर जनप्रतिनिधि पन्छिन मिल्दैन। जनताको समस्या समाधान गर्न नसक्ने हो भने राजीनामा दिएर गए हुन्छ। तर, समस्या समाधान गर्नुपर्छ।’

समाजसेवीसमेत रहेकी पोखरेलले साँखु—थली सडक निर्माणको काममा राजनीतिक दलले पूर्वाग्रह देखाएको आरोपसमेत लगाइन्। उनले मेयर कार्कीलाई व्यक्तिगत लाञ्छना र दुष्प्रचार गरी कसैको मानमर्दन नगर्न चेतावनी दिइन्।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago