कुन्तीको जवाफः समस्या समाधान गर्न सक्नुहुन्न भने राजीनामा दिनुस्

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं २ बाट उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधि जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छन्।

उनले शुक्रवार कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको भनेर झुटो आरोप लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्ने जनप्रतिनिधिले पदमा बसिरहन नमिल्ने बताइन्।

दशक बितिसक्दासमेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए। त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा कुन्ती पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाए।

उनले जनप्रतिनिधिले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले नागरिकको साथ दिएको दाबी गरिन्। उनले नागरिकका समस्या समाधान नभएसम्म आफू नागरिकसँगै रहने भन्दै नागरिकका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रुपमा लिएको भए यस्ता अवरोध बारम्बार हुने चेतावनीसमेत दिइन्।

नेत्री पोखरेलले नगरप्रमुखसँग स्थानीले बारम्बार सडकका लागि पहल गर्न आग्रह गरे पनि मेयरले बेवास्ता गरेको आरोप लगाइन्। उनले सडक नबनेका कारण सडक आन्दोलन गर्नुपरेको भन्दै दबाब नदिकन विकास निर्माण कहिले हुने ? भन्दै प्रश्नसमेत गरिन्।

उनले भनिन्, ‘कागेश्वरी मनोहराको नगरप्रमुखले कुन्ती पोख्रेलको कारणले बन्दै गरेको बाटो अवरुद्ध भयो भन्नुभएको रहेछ। आन्दोलन २२ गतेबाट शुरु भएको हो। त्यहाँका स्थानीय बासिन्दाले आन्दोलन शुरु गर्नुभएको हो। म त्यहाँ जाँदा र उहाँहरुका कुरा सुन्दा आन्दोलनमा बसेर मैले स्थानीयको साथ दिएकी हुँ। १० वर्षदेखि त्यहाँका स्थानीय वासिन्दामा स्वास्थ्यमा ठूलो लापरबाही भइरहेको छ। मेयर साबले विधि, पद्धतिका कुरा गर्नुभयो, ८, १० वर्षसम्म विधि, पद्धति कुरेर बस्ने हो र ? ठेकेदारलाई उहाँले काम अह्राउन किन सक्नुभएन ? हामीले सडक विभाग जानको लागि पटकपटक भनिरहेका थियौँ। तर उहाँहरु भागेर हिँड्नु भयो। हाम्रा कुरा नसुनेपछि हामीले नगरमा गएर ताल्चा लगाउने काम गरेका हौँ।

विज्ञप्तीमा कुन्ती पोखरेलको कारणले भन्नुभएको छ, सडक अवरुद्ध भयो भनेर। बन्दै नबनेको सडक कसरी अवरुद्ध भयो ? बाटो नबनेको कारणले सडक आन्दोलन गरेका थियौँ। आन्दोलनपछि धुलो उड्न नदिने र अलकत्रा छर्ने काम भयो। यो स्थिति कहिलेसम्म। दबाब नदिकन केही नहुने हो र ? थलीको केसमा उदाहरण नै भएको छ। स्थानीयको समस्यालाई तपाईले बाधा, व्यवधान भन्ने बुझ्नुहुन्छ भने सजग हुनुस्। स्थानीयको दुःख,सुखमा साथ दिन म अघि बढेको छु। स्थानीय समस्यालाई अवरोध ठान्नुहुन्छ भने जनताका समस्या बारम्बार आउँदा कुन्ती पोखरेल हरेक कुरामा अवरोधका लागि खडा हुनेछु। समस्या समाधान गर्ने तपाईको जिम्मेवारी हो। जिम्मेवारीबाट मेयर जनप्रतिनिधि पन्छिन मिल्दैन। जनताको समस्या समाधान गर्न नसक्ने हो भने राजीनामा दिएर गए हुन्छ। तर, समस्या समाधान गर्नुपर्छ।’

समाजसेवीसमेत रहेकी पोखरेलले साँखु—थली सडक निर्माणको काममा राजनीतिक दलले पूर्वाग्रह देखाएको आरोपसमेत लगाइन्। उनले मेयर कार्कीलाई व्यक्तिगत लाञ्छना र दुष्प्रचार गरी कसैको मानमर्दन नगर्न चेतावनी दिइन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago