क्याम्पस प्रमुख सिलवाललाई आयोगकाे स्पष्टीकरण

नेपाल कमर्स क्याम्पस मिनभवनका क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को तर्फबाट काठमाण्डौ जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार किरण पौडेलको प्रचारप्रसारमा सहभागी भएको श्रव्यदृश्य सामग्री समेत संलग्न गरी उजुरी परेको सन्दर्भमा बुधबार क्याम्पस प्रमुख सिलवाललाई स्पष्टीकरण साेधिएकाे हाे ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ । उल्लेखित सन्दर्भमा तपाईंलाई कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा नेपालमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे छ ।

(क) तपाईंले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको देखिने सामग्री आयोगमा पेश भएको छ । तपाईंले उक्त कार्य गरेको होईन भन्ने आधार प्रमाण के छ?

(ख) तपाईंबाट दलका उम्मेदवारको प्रचारप्रसार गर्ने र दलका कार्यक्रममा सहभागी हुने कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १० को खण्ड (क) र (ज) को उल्लङ्घन हुने हुँदा तपाईंलाई निर्वाचन आचारसंहिताका उल्लेखित दफाहरुको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र साेही ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही किन हुनु नपर्ने हो? स्पष्टीकरण पत्रमा भनिएकाे छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago