देश विकासको लागि एमालेका उम्मेदवारहरुले जित्नु पर्छ ः नेता गैरे

पाल्पा ३० कार्तिक
नेकपा एमाले पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर गैरेले देश विकासको लागी एमालेका उम्मेदवारहरुले िजित्नु पर्ने बताउनु भएको छ । तानसेन नगरपालिका वडा नंं १३ बौघागुम्वा, छेरलुङ्ग, र वडा नंं १४ को अर्गलीका जनता संग घरदैलो कार्यक्रममा बोल्दै एमाले उम्मेदवार गैरेले सम्बृद्ध नेपाली सुखी नेपालीको परिकल्पना एमाले सरकारले गरेको सोही अनुसारका योजना कार्यक्रम ल्याएकोले एमाले उम्मेदवारहरुले देश विकासको लागी जित्नु पर्ने बताउनु भयो । उहाँले राष्ट्रियताको सवालमा एमालेको जित भनेको राष्ट्रर्को हित हुने समेत बताउनुभयो ।


घर दैलो कार्यक्रममा नेता गैरेले एमालेको सरकारले तयार पारेका अधुरा काम सम्पन गर्ने र नयाँ कामको थालनीका लागि एमालेले जित्नु अनिवार्य रहेको बताउनुभयो । नेता गैरेले विचार विहीन ,सिद्धान्त रहित गठबन्धनले केवल पद जित्न कै लागि जनतालाई झुक्याउने योजना बनाएको आरोप लगाउदैं मतदातालाई विवेक प्रयोग गर्न अपील गर्नुभयो । यसका साथै एमालेको जित सुनिश्चित भएपछि गठबन्धनका उम्मेदवारले गर्दै नगरेको कामको समेत एकल रुपमा गरेको भनि भ्रमपूर्ण प्रचारको साहारा लिएको बताउनुभयो ।
नेकपा एमालेको पाल्पा क्षेत्र नम्बर २(१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई पाल्पाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रको विकासमा आफ्नो सक्रिय भूमिका खेल्ने बताउनुभयो । आफ्नै जन्मथलोका आफन्त तथा छिमेकी र तानसेन १३ का मतदातासंग भेटघाट गर्दै यस क्षेत्रको कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकासका लागि नमुना परियोजना संचालन गर्ने बताउनुभयो ।
नेकपा एमालेको तर्फबाट पाल्पा निर्वाचन क्षेत्र न. २ प्रदेशसभा २ का उम्मेदवार ओम बहादुर घर्तीमगरले गठबन्धनले गाउँमा परेका योजना समेत कटौती गर्ने गरेको बताउनु भयो । उम्मेदवार घर्तिले तिनाउँको मस्याम क्षेत्रको घरदैलो गर्दै आफु निर्वाचन भएपछि यस क्षेत्रका योजना पुरा गर्ने, रोकिएका योजना पुन सुरु गर्ने बताउनुभयो । नेता घर्तीमगरले उत्पिडनमा परेको समुदायलाई माथीउठाउन कुनै कसुर बाकी नराख्ने सडकलगायत खानेपानीको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago