एमाले उम्मेदवारको विजय सुनिश्चित ः उम्मेदवार आचार्य

पाल्पा ३० कार्तिक
नेकपा एमाले पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पाल्पाका एमालेका सबै उम्मेदवारहरु विजय सुनिश्चित भईसकेको बताउनु भएको छ । घरदैलो कार्यक्रममा पुर्वखोला गाउँपालिका वडा नंं २ जल्पाका मतदाताहरु संग बोल्दै एमाले उम्मेदवार आचार्यले गठवन्धन सरकारको भष्ट्रचार, महङ्दी, कुसान विरुद्ध जनता आिित्तएकोले मंसिर ४ गतेको निर्वाचनमा जनता सूर्यमा मतदान गर्न आतुर भएको बताउनु भयो ।


एमाले उम्मेदवार आचार्यले जल्पा सुखौरा सडक, मैदान पूर्वखोला सडक, हुमिन देवीनगर जल्पा, बहादुर सडक निर्माण विजयी भएपछि पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पाल्पा क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्य खेम बहादुर सारुले पुर्वखोला २ जल्पामा घरदैलो गर्नुभएको छ । जल्पा लाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नै, जल्पाका पर्यटकीय स्थलहरुको स्तरउन्नती गरी पर्यटन प्रवद्धन गर्ने, एक घर एक धारा अभियाना लाई पुरा गर्ने एमाले प्रदेश सभा सदस्य उम्मेदवार सारुले बताउनु भयो । उम्मेदवार सारुले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभयाे
एमाले पाल्पा क्षेत्र नंं १ (१) का प्रदेशसभा सदस्य उम्मेदवार राजु प्रसाद श्रेष्ठले पुर्वखोला १ सिलुवा र रामपुर नगरपालिकाको विभिन्न क्षेत्रहरुमा घरदैलो गर्नुभएको छ । एमाले उम्मेदवार श्रेष्ठले सडक स्तरउन्नती, एक घर एक धारा, विधुतीकरणको लागी योजना लिएर घरदैलोमा आएको बताउनु भयो । जनताको आय आर्जनमा बृद्धि गर्ने, गाउँ गाउँमा स्वरोजगार अभियान चलाउने, विदेशमा गएका नेपालीहरु लाई स्वदेशमै उधमी बनाउने गरी कृषि, पशुपालन देखी प्रविधीमा आधारीत उधोगहरु संचालन गर्ने एमाले उम्मेदवार श्रेष्ठले बताउनु भयो । उम्मेदवार श्रेष्ठले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभयो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago