एमाले उम्मेदवारको विजय सुनिश्चित ः उम्मेदवार आचार्य

पाल्पा ३० कार्तिक
नेकपा एमाले पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पाल्पाका एमालेका सबै उम्मेदवारहरु विजय सुनिश्चित भईसकेको बताउनु भएको छ । घरदैलो कार्यक्रममा पुर्वखोला गाउँपालिका वडा नंं २ जल्पाका मतदाताहरु संग बोल्दै एमाले उम्मेदवार आचार्यले गठवन्धन सरकारको भष्ट्रचार, महङ्दी, कुसान विरुद्ध जनता आिित्तएकोले मंसिर ४ गतेको निर्वाचनमा जनता सूर्यमा मतदान गर्न आतुर भएको बताउनु भयो ।


एमाले उम्मेदवार आचार्यले जल्पा सुखौरा सडक, मैदान पूर्वखोला सडक, हुमिन देवीनगर जल्पा, बहादुर सडक निर्माण विजयी भएपछि पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पाल्पा क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्य खेम बहादुर सारुले पुर्वखोला २ जल्पामा घरदैलो गर्नुभएको छ । जल्पा लाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नै, जल्पाका पर्यटकीय स्थलहरुको स्तरउन्नती गरी पर्यटन प्रवद्धन गर्ने, एक घर एक धारा अभियाना लाई पुरा गर्ने एमाले प्रदेश सभा सदस्य उम्मेदवार सारुले बताउनु भयो । उम्मेदवार सारुले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभयाे
एमाले पाल्पा क्षेत्र नंं १ (१) का प्रदेशसभा सदस्य उम्मेदवार राजु प्रसाद श्रेष्ठले पुर्वखोला १ सिलुवा र रामपुर नगरपालिकाको विभिन्न क्षेत्रहरुमा घरदैलो गर्नुभएको छ । एमाले उम्मेदवार श्रेष्ठले सडक स्तरउन्नती, एक घर एक धारा, विधुतीकरणको लागी योजना लिएर घरदैलोमा आएको बताउनु भयो । जनताको आय आर्जनमा बृद्धि गर्ने, गाउँ गाउँमा स्वरोजगार अभियान चलाउने, विदेशमा गएका नेपालीहरु लाई स्वदेशमै उधमी बनाउने गरी कृषि, पशुपालन देखी प्रविधीमा आधारीत उधोगहरु संचालन गर्ने एमाले उम्मेदवार श्रेष्ठले बताउनु भयो । उम्मेदवार श्रेष्ठले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago