दर्लममहाकाली र राम्दीलाई पर्यटकीय हबको रुपमा विकास गर्ने प्रतिवद्धता

पाल्पा कार्तिक ३०/ पाल्पा सत्ता गठबन्धनका उम्मेदवारहरुले बगनासकालीको दर्लममहाकाली र राम्दीलाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताएका छन् । उनीहरुले यहाँका ऐतिहासिक क्षेत्रहरुको विकास गरी धार्मिक र पर्यटकीय रुपमा विकास गर्ने प्रतिवद्धता जनाए  छन् ।
पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार सोम प्रसाद पाण्डेयले  दर्लमडाँडाको दर्लममहाकाली मन्दिर, राम्दीको सिद्धगुफा, सुनगुफा लगायतका ऐतिहासिक गुफा र मन्दिरको महत्व काठमाण्डौंको पशुपति नाथसँग जोडिएको भन्दै त्यसै अनुरुपको गुरुयोजना बनाएर धार्मिक पर्यटकीय विकासमा लाग्ने बताए । बुधबार खानीछाप, दर्लमडाँडा, भालेवास, गुडुवाखोला, दर्लमडाँडाको दर्लम महाकाली, कोल्डाँडा, गरन्डाँडा लगायतको क्षेत्रमा आयोजित घरदैलो तथा सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पाण्डेयले आफूले २०५२ सालमा बनाएको चिलाङ्दी राम्दी सडकको स्तरउन्नती र कालोपत्रे गर्ने काममा ठेकेदारले लापरवाही गरेकोले अर्को ठेकेदार परिवर्तन गरेर भएपनि दुई वर्षभित्र पिच गरेर छाड्ने प्रतिवद्धता जनाए । उनले आफूले पटक पटक बजेट व्यवस्थापन गरेको चिलाङदी–राम्दी सडकको स्तरउन्नती र पिच ठेकेदारको लापरवाहीले हुन नसकेको ठेक्का अर्कोलाई दिने गरी मन्त्रालय  र सम्बन्धित  क्षेत्रमा आफूले पहल गरिरहेको बताए । दर्लमकालिका मन्दिरलाई राम्दीको सिद्धगुफालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी काठमाण्डौंको पशुपति र यहाँ जोड्ने काम आफूले नै सुरु गर्ने बताए । पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेयले कालिगण्डकी करिडोर क्षेत्रलाई व्यवस्थित गरेर कृषि र आयआर्जनमा लगाउने बताए । सिंचाई, खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत काम गरेको भन्दै अब केही छुटफुट समस्या भएमा एकिकृत योजना बनाएर कार्यान्वय गरिने प्रविद्धता जनाए ।


प्रदेश सभा (२) १ का उम्मेदवार बीरबहादुर रानाले दलर्मडाँडा र खानीछापको विकासमा आफूले सक्दो पहल गरिरहको र अझै पनि आफूले यही क्षेत्रको हावापानीमा हुर्किएको भएर यहाँका जनताको सुख, दुखमा सदैव साथ र सहयोग गर्न तयार रहेको बताए । उनले आफू सिंचाई मन्त्री भएपछि यस क्षेत्रको सिंचाई, खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरेकोले अझै केही अपुग भएमा योजना बनाएर ल्याउन र त्यसलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा नेपाली काँग्रेसका सचिव सुनिता अधिकारी, युवा नेता कृष्ण प्रसाद बस्याल, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय, माओवादी केन्द्रका नेता खुम बहादुर विक लगायतले गठबन्धनको पक्षमा मत दिन र संविधान माथि भएको हस्तक्षेपको रक्षा गर्न गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago