भुपुहरुको शिर झुक्न नदिने गरी गठबन्धनले काम गर्छ ‍- सभापति श्रेष्ठ

पाल्पा कार्तिक ३०/ नेपाली काँग्रेस पाल्पाका सभापति तथा गठबंधनका संयोजक हिमालदत्त श्रेष्ठले भुतपुर्व सैनिकहरुले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको बताएका छन । उनले दुई पटकसम्म संसद् विघटन गर्नेले फेरी टाउको उठाउन खोजेको भन्दै अब भुुतपूूर्वक सैनिकहरुले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको बताएका हुन् । माथागढी गाउँपालिका अन्तर्गत रुप्से र कसेनी क्षेत्रका भुतपुर्व सैनिकको भेलालाई सम्बोधन गर्दै  सभापति श्रेष्ठले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएका भुुतपूूर्वक सैनिकहरुले देशलाई अब कुुन दिशामा लैजाने भन्ने कुरा अहिले नै निक्यौल गर्नु पर्ने धारणा व्यक्त गरे ।


सत्ता गठबन्धनका जिल्ला संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ उनले दुई तिहाइ मत दिएर संसदमा पठाएको एमालेले राम्रोसँग संसद चलाउन नसकेर जनतालाई धोका दिएको बताए । दुई तिहाई मत सहित पाँच वर्ष संसद् चलाउने जनमत पाएको एमालेले जनमत कुल्चिएर दुई÷दुई पटक संसद भंग गरेकाले अहिलेको चुनावमा हामीलाई मत दिनुस् भन्नु नैतिकता नभएको र जनता झुक्काउने खेल मात्रै भएको सभापति श्रेष्ठले बताए । उनले दुई÷दुई पटक संसद भंग गर्ने, देशमा अस्थिरता फैलाउने, स्वच्छाचारिता गर्ने केपी ओली र उनको पार्टीले फेरी जनतलाई भुलभुलैयामा पार्नको लागि मत मागिरहेकाले भुुतपूूर्व सैनिकहरु समेत सचेत बन्नुपर्ने बताए ।  आफू दुई तिहाई मत सहित सत्तामा हूँदा राम्रोसँग सरकार चलाउन नसक्ने अनि फेरी कुन मुखले भोट देउ भनेका छन्, उनीहरुलाई सबै नागरिकले प्रश्न सोध्नुपर्ने र त्यसका विरुद्धमा गठबन्धनलाई विजयी गराउनुपर्ने श्रेष्ठको भनाई छ । उनले भुपुहरुको शिर झुक्न नदिने गरी गठबन्धनले काम गर्ने समेत बताए ।
कार्यक्रममा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सन्दीप रानाले भुतपुर्व सैनिकले हरेक आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेको बताए । लोकतान्त्रिक आन्दोलनका साथै हरेक पटक युवाको साथै पाका पुस्ताको अनुभव एकैठाउँ हुनुपर्ने उनले बताए । क्षेत्र १ (२) का उम्मेदवार शंकर खनालले लामो समयदेखि कांग्रेसले नेतृत्व गर्न नपाएकोले यसपटक मत दिएर बिजयी गराउन सबैलाई आग्रह गरे । प्रदेश समानुपातिक उम्मेदवार तारा रसाइली, क्षेत्र १ का तरुण संयोजक शंकर खाँण, माथागढी गाउँपालिका तरुण संयोजक राजन बलाल, भुपु सैनिक कल्याणकारी संघका ज्येष्ठ सदस्य खेमान सिंह राना, कांग्रेस कसेनी वडा सभापति खोम बहादुर  गाहा लगायतले यसपटक गठबंधनलाई बिजयी गराउन आग्रह गरे ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago