दुर्गापुरमा बसको ठक्करबाट अर्जुनधारा निवासी एक दम्पतीको मृत्यु

झापा , आज साँझ कन्काई ७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अर्जुनधारा नगरपालिका ६ बस्ने ५२ वर्षिय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षिया सीतादेवी मैनाली रहेका छन् ।

साँझ ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मे ४ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नरेन्द्र र पछाडि सवार उनकी श्रीमती सीता घाइते भएका थिए ।

घाइतेहरुको उपचारका क्रममा ४.२५ बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अशोक जवेगुले बताए । दुर्घटनापछि बस र बस चालक मोरङ सुन्दरहरैचा वडा नं. ६ बस्ने ४० वर्षिय भुपाल देवानलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago