दलहरु ममाथि खनिनुपर्ने कारण देख्दिनँ–स्वतन्त्र उम्मेदवार स्वागत नेपाल

झापा,   स्वतन्त्र उम्मेदवारहरुको लोकप्रियता चुलिदै गएपछि राजनीतिक दलहरुलाई निकै असह्य भएको छ ।

दलविहीन उम्मेदवारसंगै दलहरुले तालमेल गरी उठाएका उम्मेदवारविरुद्ध दलकै कार्यकर्ता स्वतन्त्र उम्मेदवारको रुपमा बागी उठेपछि मुश्किल पर्ने नै भयो । त्यही भएर यतिबेला झापा क्षेत्र नं २ मा पनि स्वतन्त्र उम्मेदवारको तीब्र विरोध भइरहेको छ ।

राजनीतिक विरासत खडा गरेका दलहरुलाई चुनौती दिन स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपालको विरुद्धमा यतिबेला दलका नेताकार्यकर्ताहरु खनिएका छन्। स्वतन्त्र उम्मेदवार नेपालले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन् । आफूविरुद्ध खनिनुपर्ने व्यक्तिगत कारण नदेखेका स्वतन्त्र उम्मेदवार नेपालले झापा २ मा अन्तर्राष्ट्रिय तत्वहरु आफूविरुद्ध केन्द्रीकृत भएको बताएका छन् । अन्तर्राष्ट्रिय तत्वहरुकै कारण कांग्रेस–एमालेलगायतका दलहरु आफूविरुद्ध खनिएको उनको बुझाई छ ।

केही दिनदेखि कांग्रेस– एमालेलगायतका दलहरुले आफूविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेको भन्दै नेपालले एमसीसी विरुद्धको लडाई यहाँ पनि चलिरहेको टिप्पणी गरे ।
दलहरुको वर्षौदेखिको विरासत गुम्न खोज्दा उनीहरु तिल्मिलाएको उनको टिप्पणी छ । झापा क्षेत्र नं २ का विभिन्न समुदायसंगको भेटघाटमा व्यस्त रहेका स्वतन्त्र उम्मेदवार नेपालले प्रतिदिनसंग संक्षिप्त कुराकानी गर्दै आफूले एमसीसीको विरोध गर्दा दलहरु विरुद्धमा लागेको बताए ।

समुदायगत हिसाबले बोलाइएको ठाउँमा मतदाता र शुभेच्छुकहरुसंग भेटघाट गरिरहेका नेपालले आफ्नो स्वतन्त्र उम्मेदवारीको विषयमा आशंका गर्न आबश्यक नभएको प्रतिक्रिया दिए । आफूसहित पुण्य प्रसाई , रमेश खरेल, रोमलाल गिरी, दिनेश सुवेदीलगायतका साथीहरु उन्नत लोकतन्त्र पार्टीमा रहेकोमा निर्वाचन लड्ने कि नलड्ने भन्ने विषयमा सहमति नभएपछि आफूले सो पार्टी छोडिसकेको उनले बताए ।

अझै पनि निर्वाचन आयोगको वेबसाइटमा आफ्नो नाम राखिरहेको सन्दर्भमा उनले त्यस वेबसाइटमा पार्टी छोडिसकेका विवेकशील साझा पार्टीका रविन्द्र मिश्रको नाम पनि राखिरहेको उदाहरण दिँदै त्यो आयोगको गल्ती भएको स्पष्ट पारे । आयोगले वेबसाइट अद्यावधिक नगर्दा आफ्नो नाम देखिएको बताउँदै त्यस विषयमा रामराजा आचार्यले विज्ञप्ति जारी गरी स्पष्ट पारिसकेको उनले जानकारी दिए ।

आफू संसदमा जान नपाएपनि विगतदेखि सांसदको भूमिकामा रहेको बताउँदै नेपालले राइट टु रिकल , राइट टु रिजेक्टलाई कानून बनाएर लागू गर्ने प्रयास आफूले गरेको उनले सुनाए ।‘कांग्रेसजनहरुले कांग्रेसलाई नै भोट दिन पाएका छैनन् ,जबर्जस्ती अर्कालाई भोट हाल भनेर पार्टीले भन्दा अस्वीकार गर्न सकिरहेका छैनन् ’उनले भने,‘ त्यसकारण सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश दिइसकेको राइट टु रिकल , राइट टु रिजेक्टको कानून चाहिन्छ ।’

एमसीसी समर्थक युवाहरु नयाँ हुन नसक्ने भन्दै नेपालले आफू सँधै एमसीसीको विरुद्धमा लागिरहने अडान राखे । स्वतन्त्र उम्मेदवार नेपालले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago