दलहरु ममाथि खनिनुपर्ने कारण देख्दिनँ–स्वतन्त्र उम्मेदवार स्वागत नेपाल

झापा,   स्वतन्त्र उम्मेदवारहरुको लोकप्रियता चुलिदै गएपछि राजनीतिक दलहरुलाई निकै असह्य भएको छ ।

दलविहीन उम्मेदवारसंगै दलहरुले तालमेल गरी उठाएका उम्मेदवारविरुद्ध दलकै कार्यकर्ता स्वतन्त्र उम्मेदवारको रुपमा बागी उठेपछि मुश्किल पर्ने नै भयो । त्यही भएर यतिबेला झापा क्षेत्र नं २ मा पनि स्वतन्त्र उम्मेदवारको तीब्र विरोध भइरहेको छ ।

राजनीतिक विरासत खडा गरेका दलहरुलाई चुनौती दिन स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपालको विरुद्धमा यतिबेला दलका नेताकार्यकर्ताहरु खनिएका छन्। स्वतन्त्र उम्मेदवार नेपालले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन् । आफूविरुद्ध खनिनुपर्ने व्यक्तिगत कारण नदेखेका स्वतन्त्र उम्मेदवार नेपालले झापा २ मा अन्तर्राष्ट्रिय तत्वहरु आफूविरुद्ध केन्द्रीकृत भएको बताएका छन् । अन्तर्राष्ट्रिय तत्वहरुकै कारण कांग्रेस–एमालेलगायतका दलहरु आफूविरुद्ध खनिएको उनको बुझाई छ ।

केही दिनदेखि कांग्रेस– एमालेलगायतका दलहरुले आफूविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेको भन्दै नेपालले एमसीसी विरुद्धको लडाई यहाँ पनि चलिरहेको टिप्पणी गरे ।
दलहरुको वर्षौदेखिको विरासत गुम्न खोज्दा उनीहरु तिल्मिलाएको उनको टिप्पणी छ । झापा क्षेत्र नं २ का विभिन्न समुदायसंगको भेटघाटमा व्यस्त रहेका स्वतन्त्र उम्मेदवार नेपालले प्रतिदिनसंग संक्षिप्त कुराकानी गर्दै आफूले एमसीसीको विरोध गर्दा दलहरु विरुद्धमा लागेको बताए ।

समुदायगत हिसाबले बोलाइएको ठाउँमा मतदाता र शुभेच्छुकहरुसंग भेटघाट गरिरहेका नेपालले आफ्नो स्वतन्त्र उम्मेदवारीको विषयमा आशंका गर्न आबश्यक नभएको प्रतिक्रिया दिए । आफूसहित पुण्य प्रसाई , रमेश खरेल, रोमलाल गिरी, दिनेश सुवेदीलगायतका साथीहरु उन्नत लोकतन्त्र पार्टीमा रहेकोमा निर्वाचन लड्ने कि नलड्ने भन्ने विषयमा सहमति नभएपछि आफूले सो पार्टी छोडिसकेको उनले बताए ।

अझै पनि निर्वाचन आयोगको वेबसाइटमा आफ्नो नाम राखिरहेको सन्दर्भमा उनले त्यस वेबसाइटमा पार्टी छोडिसकेका विवेकशील साझा पार्टीका रविन्द्र मिश्रको नाम पनि राखिरहेको उदाहरण दिँदै त्यो आयोगको गल्ती भएको स्पष्ट पारे । आयोगले वेबसाइट अद्यावधिक नगर्दा आफ्नो नाम देखिएको बताउँदै त्यस विषयमा रामराजा आचार्यले विज्ञप्ति जारी गरी स्पष्ट पारिसकेको उनले जानकारी दिए ।

आफू संसदमा जान नपाएपनि विगतदेखि सांसदको भूमिकामा रहेको बताउँदै नेपालले राइट टु रिकल , राइट टु रिजेक्टलाई कानून बनाएर लागू गर्ने प्रयास आफूले गरेको उनले सुनाए ।‘कांग्रेसजनहरुले कांग्रेसलाई नै भोट दिन पाएका छैनन् ,जबर्जस्ती अर्कालाई भोट हाल भनेर पार्टीले भन्दा अस्वीकार गर्न सकिरहेका छैनन् ’उनले भने,‘ त्यसकारण सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश दिइसकेको राइट टु रिकल , राइट टु रिजेक्टको कानून चाहिन्छ ।’

एमसीसी समर्थक युवाहरु नयाँ हुन नसक्ने भन्दै नेपालले आफू सँधै एमसीसीको विरुद्धमा लागिरहने अडान राखे । स्वतन्त्र उम्मेदवार नेपालले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन् ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago