पहिलाको प्रतिवद्धता पुरा नगरी पुन एमालेका कार्की दश वर्षे उम्मेदवार

बिर्तामोड , नेकपा एमालेका नेता एकराज कार्की झापा क्षेत्र नं २(१) मा प्रतिनिधिसभा सदस्यको लागि १० वर्षे उम्मेदवार बनेका छन् ।पाँच वर्षे कार्यकाल पूरा गरी उनी अर्को कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

यतिबेला चुनावी घरदैलोमा रहेका कार्कीले जनतामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् । उनले गत निर्वाचनका बेला दिएका आश्वासन बिर्सिसकेका छन् । गत प्रदेशसभा निर्वाचनमा उम्मेद्वारी दिँदै गर्दा कार्कीले गरेको चुनावी प्रतिवद्धता जनता झुक्याउने हावादारी वाचा मात्र सावित भएको छ ।

उनले अघिलो निर्वाचनताका गुलियो गुलियो नारासहितका चुनावी प्रतिवद्धता गरेका थिए । पाँच वर्षपछि फर्केर हेर्दा कार्कीको त्यो प्रतिवद्धतापत्रले उनैलाई गिज्याइरहेको छ । क्षेत्र नं २(१) को लागि कार्कीले समग्र प्रदेश क्षेत्रको सर्वाङ्गीण विकास गर्ने घोषणा गरेका थिए । तर, पाँच वर्षमा यो कल्पनामै सीमित रह्यो।

बिर्तामोडलाई बन्द निषेधित क्षेत्र बनाउने, सकुम्बासीलाई नगरबासी बनाई व्यवस्थित गर्ने,विरिङ, अदुवा, देउनिया, घाग्रा, हर्जना, रेखा खोलालाई तटबन्ध गर्ने,जंगली हात्ती आतंक रोक्न इलेक्ट्रो फेन्सिङ गर्ने,स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्दै शिक्षा र स्वास्थ्यमा समान अवसरको सिर्जना गर्ने, वन, सिमसार क्षेत्र, कृषि, पर्यटन तथा शहीद उद्यानको प्रवद्र्धन गर्ने, सडक, विद्युत खानेपानी तथा ढल निकासको समुचित व्यवस्थापनमा स्थानीय तहसँग समन्वय गर्ने,बिर्तामोडको कृषि उपज बजारस्थललाई व्यवस्थित गर्ने, स्वदेशमा नै व्यवसाय तथा रोजगारी अवसर सिर्जना गरी युवालाई आत्मनिर्भर बनाउने उनको चुनावी प्रतिवद्धता रहेको थियो ।

उनले गरेका प्रतिबद्धता के कति पूरा भए कि भएनन् भनेर मतदाता स्वयंले मूल्यांकन गर्न सक्नेछन् । उनले गरेका प्रतिवद्धता यस्ता थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago