पहिलाको प्रतिवद्धता पुरा नगरी पुन एमालेका कार्की दश वर्षे उम्मेदवार

बिर्तामोड , नेकपा एमालेका नेता एकराज कार्की झापा क्षेत्र नं २(१) मा प्रतिनिधिसभा सदस्यको लागि १० वर्षे उम्मेदवार बनेका छन् ।पाँच वर्षे कार्यकाल पूरा गरी उनी अर्को कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

यतिबेला चुनावी घरदैलोमा रहेका कार्कीले जनतामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् । उनले गत निर्वाचनका बेला दिएका आश्वासन बिर्सिसकेका छन् । गत प्रदेशसभा निर्वाचनमा उम्मेद्वारी दिँदै गर्दा कार्कीले गरेको चुनावी प्रतिवद्धता जनता झुक्याउने हावादारी वाचा मात्र सावित भएको छ ।

उनले अघिलो निर्वाचनताका गुलियो गुलियो नारासहितका चुनावी प्रतिवद्धता गरेका थिए । पाँच वर्षपछि फर्केर हेर्दा कार्कीको त्यो प्रतिवद्धतापत्रले उनैलाई गिज्याइरहेको छ । क्षेत्र नं २(१) को लागि कार्कीले समग्र प्रदेश क्षेत्रको सर्वाङ्गीण विकास गर्ने घोषणा गरेका थिए । तर, पाँच वर्षमा यो कल्पनामै सीमित रह्यो।

बिर्तामोडलाई बन्द निषेधित क्षेत्र बनाउने, सकुम्बासीलाई नगरबासी बनाई व्यवस्थित गर्ने,विरिङ, अदुवा, देउनिया, घाग्रा, हर्जना, रेखा खोलालाई तटबन्ध गर्ने,जंगली हात्ती आतंक रोक्न इलेक्ट्रो फेन्सिङ गर्ने,स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्दै शिक्षा र स्वास्थ्यमा समान अवसरको सिर्जना गर्ने, वन, सिमसार क्षेत्र, कृषि, पर्यटन तथा शहीद उद्यानको प्रवद्र्धन गर्ने, सडक, विद्युत खानेपानी तथा ढल निकासको समुचित व्यवस्थापनमा स्थानीय तहसँग समन्वय गर्ने,बिर्तामोडको कृषि उपज बजारस्थललाई व्यवस्थित गर्ने, स्वदेशमा नै व्यवसाय तथा रोजगारी अवसर सिर्जना गरी युवालाई आत्मनिर्भर बनाउने उनको चुनावी प्रतिवद्धता रहेको थियो ।

उनले गरेका प्रतिबद्धता के कति पूरा भए कि भएनन् भनेर मतदाता स्वयंले मूल्यांकन गर्न सक्नेछन् । उनले गरेका प्रतिवद्धता यस्ता थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago