झापामा ४६ जना स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका, कसलाई कुन चिन्ह ?

झापा,  आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापामा ४६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।प्रतिनिधिसभातर्फ २९ र प्रदेशसभातर्फ १७ जना उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार झापा क्षेत्र नं ५ मा खडा भएका छन् ।

त्यहाँ दुईजनाले उम्मेदवारी फिर्ता लिएपनि १२ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाइसकेका छन् ।

धेरैले जेब्रा चिन्ह रोजेका छन् । स्वतन्त्र उम्मेदवारहरुले निम्न अनुसारको चुनाव चिन्ह पाएका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा केन्द्रकुमारी दाहाल –महिला, विदुरकुमार खतिवडा–क्रस खुकुरी , क्षेत्र नं २ मा कुमार भट्टराई–चापाकल ,खेमराज दाहाल– पुतली , चेतकुमार खनाल–ट्राफिक प्रहरी , भद्रप्रसाद नेपाल–क्रस खुकुरी ,राजकुमार तामाङ–माछा , क्षेत्र नं ३ मा डम्बरबहादुर गिरी –सूर्यमुखी फूल,प्रेमप्रसाद खनाल–क्रस खुकुरी , मनोरथ राजवंशी–चापाकल , क्षेत्र नं ४ मा कमलबहादुर पौडेल– सूर्यमुखी फूल , किरण श्रेष्ठ –सेलरोटीको चाङ , खुश्बु ओली –क्रस खुकुरी , नन्दराज राई– माछा , पूर्णकुमार लिम्बू– चेसबोर्ड ,लक्ष्मीनारायण खनाल– सेफ्टी पिन , क्षेत्र नं ५ मा इन्द्रमणि दाहाल– अर्ना , कल्पना लावती– क्रस खुकुरी ,केदारनाथ चापागाई– मुढा , तीर्थेश्वर चौधरी– त्रिभुज , तुलसीराम काफ्ले– सूर्यमुखी फूल , दीपककुमार पाठक– पुतली , भेषराज भट्टराई– क्यामरा , रामचन्द्र बानिया– ट्राफिक प्रहरी , रेवतीरमण खनाल–घण्टाघर , रोहितप्रसाद पौडेल– ग्यास सिलिन्डर , शान्ता अधिकारी – मुसो र सिताराम पोखरेलले चेसबोर्ड चुनाव चिन्ह पाएका छन् ।

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १(२) मा हिराप्रसाद पोखरेल–जेब्रा , २(१) मा राजु प्रसाई –जेब्रा ,२(२) मा अनिरुद्र तिम्सिना –जेब्रा , ३(१) मा जमालुद्धिन मिया –पानीको धारा , हेमलाल भट्टराई –जेब्रा , ३(२) मा त्रिलोचन मैनाली –जेब्रा , ४(१) मा मेहरमान बस्नेत– ड्रमसेट , रमेशप्रसाद आचार्य–जेब्रा , शान्तिराम न्यौपाने –जाँतो ,४(२)केहरसिंह बस्नेत –लालटीन ,जयप्रसाद चम्लागाई– बिजुलीको चिम ,५(१) मा इन्दीरादेवी दाहाल– उडिरहेको चिल ,लेखमाया श्रेष्ठ– झ्याली , ५(२) मा डम्बरबहादुर दाहाल–ब्याडमिन्टन कक , तीर्थ नेपाल– जेब्रा ,धिरज बज्राचार्य– आँखी झ्याल र मधु थापा मगरले लालटीन चुनाव चिन्ह पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago