सुरुङ्गा । झापा क्षेत्र नं ४ मा गठबन्धनका उम्मेदवार देउकुमार थेबेले कनकाई– ३ सुरुङ्गास्थित पाथीभरा देवीको मन्दिरमा वाचा गर्दै आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
थेबेले आफूले नजित्दा समेत गरेका विकासको फेहरिस्त प्रस्तुत गर्दै जिताउँदा विकासको मुहान फुटाउने दावीसमेत गरे । आफू सांसदको भूमिकामा नहुँदा समेत सत्तामा रहनेभन्दा दोब्बर काम गरेको उनको दावी छ ।
थेबेले कनकाई ३ को रोडपारीको क्षेत्रमा मात्रै आफ्नै पहलमा इलाकाप्रहरी कार्यालयको भवनका लागि बजेट परेको, सुधिर मार्गको स्तर उन्नति र कालोपत्रेका लागि ५० लाख रुपैँया बजेट छुट्टिएको, धनुषकोटी क्षेत्रमा तटबन्धदेखि लिएर छठ पुजाका लागि समेत बजेट विनियोजन गरिएको दावी गरे ।
‘मैले हार्दा त्यतिका रकम विनियोजन गरे भने जित्दा झापा ४ का जनतालाई केपीजीले दमकमा त्यहाँका जनतालाई गरेको विकासभन्दा चार दोब्बर काम गरेर देखाउँछु’उनले भने ‘म हार्दा पनि जित्दा पनि तपाईहरुकै गाउँघरमा भेटिनेछु यो मेरो वाचा भयो। ’ आफूलाई यस क्षेत्रमा बाढी आउँदा र घाम लाग्दा सन्काह खोलाको रुप कस्तो हुन्छ भन्ने कुराको राम्रो व्यवहारिक ज्ञान भएको भन्दै मतदान गर्न आग्रह गरे ।
संचारकर्मी मनोज बस्नेतले संचालन गरेको कार्यक्रममा झापा क्षेत्र नम्बर ४ का प्रदेशसभाका उम्मेदवार एकराज उप्रेती, स्थानीयवासीका तर्फबाट विज्ञान संग्रौलालगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कांग्रेस नगर सभापति दुर्गा प्रसाई, माओवादी कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी , संयुक्त प्रचार समितिका संयोजक जयनारायण शाहलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सभापतित्व कांग्रेसका कनकाई –२ का सभापति बुद्धिमान बोहोराले गरेका थिए । शनिवार थेबले कनकाई १ र २ का आधा दर्जन स्थानमा घरदैलोसहित कोणसभा गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…