पाथीभरा मन्दिरमा वाचा गर्दै थेबेले सार्वजनिक गरे प्रतिवद्धतापत्र

सुरुङ्गा । झापा क्षेत्र नं ४ मा गठबन्धनका उम्मेदवार देउकुमार थेबेले कनकाई– ३ सुरुङ्गास्थित पाथीभरा देवीको मन्दिरमा वाचा गर्दै आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

थेबेले आफूले नजित्दा समेत गरेका विकासको फेहरिस्त प्रस्तुत गर्दै जिताउँदा विकासको मुहान फुटाउने दावीसमेत गरे । आफू सांसदको भूमिकामा नहुँदा समेत सत्तामा रहनेभन्दा दोब्बर काम गरेको उनको दावी छ ।

थेबेले कनकाई ३ को रोडपारीको क्षेत्रमा मात्रै आफ्नै पहलमा इलाकाप्रहरी कार्यालयको भवनका लागि बजेट परेको, सुधिर मार्गको स्तर उन्नति र कालोपत्रेका लागि ५० लाख रुपैँया बजेट छुट्टिएको, धनुषकोटी क्षेत्रमा तटबन्धदेखि लिएर छठ पुजाका लागि समेत बजेट विनियोजन गरिएको दावी गरे ।

‘मैले हार्दा त्यतिका रकम विनियोजन गरे भने जित्दा झापा ४ का जनतालाई केपीजीले दमकमा त्यहाँका जनतालाई गरेको विकासभन्दा चार दोब्बर काम गरेर देखाउँछु’उनले भने ‘म हार्दा पनि जित्दा पनि तपाईहरुकै गाउँघरमा भेटिनेछु यो मेरो वाचा भयो। ’ आफूलाई यस क्षेत्रमा बाढी आउँदा र घाम लाग्दा सन्काह खोलाको रुप कस्तो हुन्छ भन्ने कुराको राम्रो व्यवहारिक ज्ञान भएको भन्दै मतदान गर्न आग्रह गरे ।

संचारकर्मी मनोज बस्नेतले संचालन गरेको कार्यक्रममा झापा क्षेत्र नम्बर ४ का प्रदेशसभाका उम्मेदवार एकराज उप्रेती, स्थानीयवासीका तर्फबाट विज्ञान संग्रौलालगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कांग्रेस नगर सभापति दुर्गा प्रसाई, माओवादी कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी , संयुक्त प्रचार समितिका संयोजक जयनारायण शाहलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सभापतित्व कांग्रेसका कनकाई –२ का सभापति बुद्धिमान बोहोराले गरेका थिए । शनिवार थेबले कनकाई १ र २ का आधा दर्जन स्थानमा घरदैलोसहित कोणसभा गरेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago