प्राविधिक र सैद्धान्तिक ज्ञानको आवश्यता सम्बन्धमा “अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम नागोयामा हुने

नागोया/जापान । स्याङ्जा समाज जापान क्षेत्रीय समिती नागोयाले नागोया स्थित WINC Aichi मा अगस्ट २ तारिख विभिन्न सामाजिक संघ संस्थालाई लक्षित गरी संस्थामा प्राविधिक र सैद्धान्तिक ज्ञानको आवश्यकता सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमक गर्ने भएको छ । अभिमुखीकरणको प्रशिक्षकको रुपमा पत्रकार राजन गौतम र संचारकर्मी तथा एनआरएनए जापानका सचिव श्याम शितल रहने छन् । कार्यक्रममा संस्थामा प्राविधिक र सैद्धान्तिक ज्ञानको किन आवश्यता भन्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिने छ ।

कार्यक्रममा कुनै पनि संस्थाले औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुको कार्यक्रम सेडीयुल बनाउदा , कार्यक्रम सन्चानल गर्दा ,लेटर तथा प्रेस बिज्ञप्ती तयार पार्दा आवश्यक पर्ने प्राविधिक र सैद्धान्तिक ज्ञान बारे प्रशिक्षण दिईने छ । कुनै पनि सामाजिक संस्थालाई मुर्त रुप दिनको लागि संस्थाको भिजन, कार्ययोजना, लिडरसिप, राम्रो टिमओर्क ,निस्वार्थ भावनाको साथै प्राबिधिक र सैद्धान्तिक ज्ञानको पनि अति आवश्यक पर्ने हुँदा यस्तो कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक तथा संस्थाका अध्यक्ष निशान रानाले जानकारी दिए ।

नागोया आसपासमा गठित संघ संस्थामा आबद्ध सवैमा कार्यक्रममा सहभागी हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ । साथै नागोयामा अगस्ट ३१ मा नेपालका बहु चर्चित राष्ट्रिय कलाकारहरुसंगै प्रदेशी गायक सुर्य खड्काको उपस्थितिमा “नागोया तीज फेस्टिवल “हुने भएकोले कामको बिदा मिलाउन सबैमा अनुरोध गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago