पाथीभरा माता केवलकार कम्पनीको म्याद थप

ताप्लेजुङ: पाथीभरामा केवलकार निर्माणका लागि म्याद थप भएको छ । फुङलिङ नगरपालिकाले कार्यविधि संशोधन गरेर म्याद थप गरेको हो । असार २९ गतेको कार्यपालिका बैठकले केवलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो ।

कार्यपालिकाले निर्णय गरेको भोलिपल्ट असार ३० गते पाथीभरा माता केवलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । उनका अनुसार २०७५ सालमा पहिलो पटक बनाइएको कार्यविधिमा म्याद थपको परिकल्पना थिएन । चार वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने उल्लेख थियो । यो अवधिमा संरचना निर्माण नै सुरु नभएकाले कार्यविधिमा थप व्यवस्था गर्नुपरेको न्यौपानेले बताए । संशोधित कार्यविधिमा नगरपालिकालाई हरेक वर्ष १ लाख ५० हजार रुपैयाँ राजस्व बुझाउनु पर्ने उल्लेख छ ।
कम्पनीले तीन वर्षका लागि एकै पटक ४ लाख ५० हजार रुपैयाँ राजस्व बुझाएकाले थप तीन वर्ष म्याद दिइएको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिए । निर्वाचित भएपछि कार्यविधि बनाएर पहिलो पटक अनुमति दिएका तत्कालीन नगरप्रमुख छत्रपति प्याकुरेल समयमा काम नभएको भन्दै असन्तुष्ट बनेका थिए । उनले नवीकरण नगर्ने घोषणा पनि गरेका थिए । पहिलो पटक अनुमति लिँदा कम्पनीले १२ लाख रुपैयाँ राजस्व तिरेको थियो ।

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट अमिर मादेन निर्वाचित भएपछि कार्यविधि संशोधन गरेका हुन् । प्रवक्ता न्यौपानेका अनुसार कार्यपालिकाले निर्णय गरेकै दिन नगर प्रमुख मादेनले प्रमाणित गरेका थिए । ३० गते राजपत्रमा प्रकाशित भएको र त्यही दिन राजस्व बुझाएपछि आफूले नवीकरण गरेको रिमालले बताए । ३ अर्ब रुपैयाँको लागतमा हुने निर्माणको मुक्कुमलुङ संघर्ष समितिलगायतका कतिपय संघसंस्थाले विरोध गरिरहेका छन् । मन्दिर परिसरभित्र संरचना बनाउन नहुने, किरातीहरुको मुन्धुक स्थल भएकाले केवलकार निर्माण गर्न आवश्यक नरहेकोजस्ता मुद्दा उनीहरुका छन् । नेपाल सरकारले भने केवलकार निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । एमालेका केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला निर्णय भएको हो ।
कम्पनीले पनि सट्टा भर्नामा १ सय ८ रोपनी जग्गा सरकारको नाममा रजिस्ट्रेसन गरिसकेको छ । सामुदायिक वनको जग्गा प्रयोग गरेबापत त्यत्ति नै जग्गा नेपाल सरकारलाई बुझाउनु पर्ने कानुनी प्रावधान छ । केवलकार निर्माण हुने क्षेत्रमा स्वायल टेष्टको काम भइरहेको केवलकार कम्पनीका निर्देशक ईश्वरी पौडेलले बताए । ११ वटा पोलका लागि गर्नुपर्ने परीक्षणमध्ये ७ वटाको सकिएको हो । अब यहाँका रुख पन्साउने लगायतका काम हुने कम्पनीले जनाएको छ । डिभिजन वन कार्यालयका अनुसार साना ठूला गरी एक हजारको हाराहारीमा रुख हटाउनु पर्छ ।

काफ्ले पाटीमा स्टेशन राख्ने केवलकारको मन्दिरसम्मको दुरी २.७ किलोमिटरको हुनेछ । पौडेलका अनुसार सुरु गरेको १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । एक घण्टामा एक हजार जना यात्रु आउजाउ गर्न सक्ने यहाँ प्रयोग गरिने लट्ठा, डब्बा लगायतका सामग्री अष्ट्रियाको कम्पनीले व्यवस्था गर्ने कम्पनीले जनाएको छ । इबिडिङमा फ्रान्स, जापान र अस्ट्रिलियाका कम्पनीले आवेदन दिएका थिए । छनौटमा परेको यही कम्पनीले निर्माणको नेतृत्व गर्ने प्रालिले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago