पाथीभरा माता केवलकार कम्पनीको म्याद थप

ताप्लेजुङ: पाथीभरामा केवलकार निर्माणका लागि म्याद थप भएको छ । फुङलिङ नगरपालिकाले कार्यविधि संशोधन गरेर म्याद थप गरेको हो । असार २९ गतेको कार्यपालिका बैठकले केवलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो ।

कार्यपालिकाले निर्णय गरेको भोलिपल्ट असार ३० गते पाथीभरा माता केवलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । उनका अनुसार २०७५ सालमा पहिलो पटक बनाइएको कार्यविधिमा म्याद थपको परिकल्पना थिएन । चार वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने उल्लेख थियो । यो अवधिमा संरचना निर्माण नै सुरु नभएकाले कार्यविधिमा थप व्यवस्था गर्नुपरेको न्यौपानेले बताए । संशोधित कार्यविधिमा नगरपालिकालाई हरेक वर्ष १ लाख ५० हजार रुपैयाँ राजस्व बुझाउनु पर्ने उल्लेख छ ।
कम्पनीले तीन वर्षका लागि एकै पटक ४ लाख ५० हजार रुपैयाँ राजस्व बुझाएकाले थप तीन वर्ष म्याद दिइएको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिए । निर्वाचित भएपछि कार्यविधि बनाएर पहिलो पटक अनुमति दिएका तत्कालीन नगरप्रमुख छत्रपति प्याकुरेल समयमा काम नभएको भन्दै असन्तुष्ट बनेका थिए । उनले नवीकरण नगर्ने घोषणा पनि गरेका थिए । पहिलो पटक अनुमति लिँदा कम्पनीले १२ लाख रुपैयाँ राजस्व तिरेको थियो ।

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट अमिर मादेन निर्वाचित भएपछि कार्यविधि संशोधन गरेका हुन् । प्रवक्ता न्यौपानेका अनुसार कार्यपालिकाले निर्णय गरेकै दिन नगर प्रमुख मादेनले प्रमाणित गरेका थिए । ३० गते राजपत्रमा प्रकाशित भएको र त्यही दिन राजस्व बुझाएपछि आफूले नवीकरण गरेको रिमालले बताए । ३ अर्ब रुपैयाँको लागतमा हुने निर्माणको मुक्कुमलुङ संघर्ष समितिलगायतका कतिपय संघसंस्थाले विरोध गरिरहेका छन् । मन्दिर परिसरभित्र संरचना बनाउन नहुने, किरातीहरुको मुन्धुक स्थल भएकाले केवलकार निर्माण गर्न आवश्यक नरहेकोजस्ता मुद्दा उनीहरुका छन् । नेपाल सरकारले भने केवलकार निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । एमालेका केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला निर्णय भएको हो ।
कम्पनीले पनि सट्टा भर्नामा १ सय ८ रोपनी जग्गा सरकारको नाममा रजिस्ट्रेसन गरिसकेको छ । सामुदायिक वनको जग्गा प्रयोग गरेबापत त्यत्ति नै जग्गा नेपाल सरकारलाई बुझाउनु पर्ने कानुनी प्रावधान छ । केवलकार निर्माण हुने क्षेत्रमा स्वायल टेष्टको काम भइरहेको केवलकार कम्पनीका निर्देशक ईश्वरी पौडेलले बताए । ११ वटा पोलका लागि गर्नुपर्ने परीक्षणमध्ये ७ वटाको सकिएको हो । अब यहाँका रुख पन्साउने लगायतका काम हुने कम्पनीले जनाएको छ । डिभिजन वन कार्यालयका अनुसार साना ठूला गरी एक हजारको हाराहारीमा रुख हटाउनु पर्छ ।

काफ्ले पाटीमा स्टेशन राख्ने केवलकारको मन्दिरसम्मको दुरी २.७ किलोमिटरको हुनेछ । पौडेलका अनुसार सुरु गरेको १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । एक घण्टामा एक हजार जना यात्रु आउजाउ गर्न सक्ने यहाँ प्रयोग गरिने लट्ठा, डब्बा लगायतका सामग्री अष्ट्रियाको कम्पनीले व्यवस्था गर्ने कम्पनीले जनाएको छ । इबिडिङमा फ्रान्स, जापान र अस्ट्रिलियाका कम्पनीले आवेदन दिएका थिए । छनौटमा परेको यही कम्पनीले निर्माणको नेतृत्व गर्ने प्रालिले जनाएको छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago